१५ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले माध्यमीक शिक्षा परीक्षा कक्षा १० (एसइइ) २०७८ मा समावेश हुनका लागि रजिष्ट्रेशन फारम भर्ने सम्बन्धी सूचना जारी गरेको छ ।
२०७७ सालको शैक्षिक सत्रमा कक्षा ९ मा साधारण तथा प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीहरुले २०७८ सालको नियमित एसइइ परीक्षामा सहभागी हुनका लागि खुला तथा औपचारिक प्रौढ विद्यालयहरुमा अध्ययनतर विद्यार्थीहरुले २०७७ सालको नियमित एसइइ परीक्षामा सहभागी हुनका लागि पुष १६ देखि २१ गतेभित्र रजिष्ट्रेशन फारम भर्न\ भराउन अनुरोध गरिएको छ ।
सम्बन्धीत सबै विद्यार्थी, विद्यालय, स्थानीय तहका शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाई, राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय तथा प्रदेशका शिक्षा विकास निर्देशनालयहरुलाई रजिष्ट्रेशन फारक भर्न÷भराउनका लागि अनुरोध गरिएको छ ।

वि.सं.२०७७ पुस १५ बुधवार १२:०४ मा प्रकाशित






























