back
CTIZAN AD

कोरोना भाइरस परीक्षणका लागि नमुना संकलनकर्ताहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह

वि.सं.२०७७ पुस १५ बुधवार

663 

shares

१५ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि नमुना संकलन कर्ताहरुलाई नमुना दिने व्यक्तिको सहि ठेगाना उल्लेख गर्न आग्रह गरेको छ ।

मन्त्रालयले कोभिड–१९ परीक्षणका लागि नमुना संकलन गर्ने क्रममा विभिन्न निकायले आ-आफ्नो ढंगले व्यक्तिहरुको ठेगाना लेख्दा यदि व्यक्ति संक्रमित पुष्टि भएमा पहिचान गरी गर्नुपर्ने कार्यहरु कठिनाई भएको मन्त्रालले जनाएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘ विभिन्न निकायले आ–आफ्नो तरिकाले व्यक्तिहरुको ठेगाना रेख्ने गर्नाले सम्बन्धीत व्यक्तिहरुको पहिचान तथा नीजहरुमा संक्रमण पुष्टि भएमा सम्पर्कमा आएकाहरुको खोजी अनुसन्धान, जाच पड्ताल, स्थान, विशेष पहिचान गरी गर्नुपर्ने कार्यहरु लगायतका कामहरु गर्न कठिनाइ भइरहेको छ ।’

मन्त्रालयले कोरोनाको नमुना परीक्षणका लागि आएका व्यक्तिहरुको हालको बसोबासको ठेगानालाई आधार मानेर ठेगाना उल्लेख गरिदिन अनुरोध गरिए पनि सबैतिरबाट एक रुपता नभएको भन्दै अब उप्रान्त सबै प्रयोगशालाहरु, अस्पतालहरु, र सम्बन्धीत सबै निकायहरुले नमुना संकलनको समयमा सम्बन्धीत व्यक्तिको हाल बसोबास रहेको ठेगाना उल्लेख गरिदिन समेत अनुरोध गरेको छ ।

No photo description available.

वि.सं.२०७७ पुस १५ बुधवार १६:२१ मा प्रकाशित

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...