back
CTIZAN AD

सांसद पदमा निर्वाचित भएर सपथ लिन नपाउँदै कोरोनाका कारण मृत्यु

वि.सं.२०७७ पुस १६ बिहीवार

759 

shares

१६ पुस, अमेरिका । अमेरिकाको लुजियाना राज्यमा निर्वाचित भएका विधानसभा सदस्य ल्युक लेटलो नामक सांसद सपथ लिन नपाई कोरोना सक्रमणबाट निधन भएको छ ।
उनको गत मंगलबार डिसेम्बर २९ का दिन राती कोभिड(१९ बाट निधन भएको हो । उनका प्रवक्ताका अनुसार ४१ बर्षिय बिधानसभा सदस्यले सपथ ग्रहण समेत लिन बाँकि भएको अवस्थामा कोरोना बिग्रिएर उनको निधन भएको जनाएका छन् ।

लुजियाना राजका बिधानसभाका कंग्रेसम्यान(संसद)ले जसले लुजियानाको ५ औ निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए । उनि रिपब्लिकन दलका तर्फबाट चुनाव जितेका थिए । उनका प्रवक्ता एन्ड्रयु वचले उनको निधन भएको निश्चित गरेका छन् भने उनले सामाजिक संजालमा जानकारी समेत गराएका छन् ।

उनले यस दुखद र कठिन समयमा अन्य कैयौ सवालमा कुराहरु सार्वजनिक नगर्न समेत आग्रह भएको भन्दै छिट्टै अन्तिम संस्कारको जानकारी गराइने उल्लेख गरेका छन् ।

उनकी पत्नी र २ जना बच्चाहरु हाल लुजियानामै बसोबास गर्छन । आगामी जनवरी ३ का दिन उनले सपथ ग्रहण लिए कार्यक्रम समेत रहेको उनका प्रवक्ताले जनाएका छन् ।

लुजियानाका गभर्नर जोन बेल एडवार्डले प्रार्थना गदै अन्तिम संस्कारमा झन्डा आधा फहराउन आदेश दिने बताएका छन् । गत डिसेम्बर १८ का दिन लेटलो कोभिड(१९ बाट संक्रमित भएका थिए ।

उनलाई अस्पतालमा उपचार गरि रहेको अवस्थामा अर्को अस्पतालमा भर्ना समेत गरिएको थियो । लुजियानाका बिधान सभा सदस्यहरुले समबेदना प्रकट गरेका छन् । एनबिसी न्युज

वि.सं.२०७७ पुस १६ बिहीवार ०७:५९ मा प्रकाशित

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरूले शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन, औद्योगिक वातावरण...

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति...