back
CTIZAN AD

मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ आज

वि.सं.२०७७ पुस १६ बिहीवार

678 

shares

१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराए पस्चात मन्त्रिपरिषद विस्तार गरेपछी उक्त कदमका विरुद्ध सर्बोच्चमा परेको रिटको आज सुनुवाइ हुँदैछ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछी नेकपाकै प्रचण्ड- माधव नेपाल समुहका मन्त्रीहरले प्रधानमन्त्रीको उक्त कदम असंबैधानिक रहेको भन्दै राजिनामा दिएका थिए ।

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा बिचाराधिन रहेको अवस्थामा प्रधानममन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेकाले उक्त कार्य गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले गत १३ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अधिवक्ताहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

सर्वोच्चले बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानको मर्मविपरीत रहेकाले त्यसलाई बदर गर्न रिटमा माग गरिएको छ ।

वि.सं.२०७७ पुस १६ बिहीवार ११:०२ मा प्रकाशित

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...