१७ पुस, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जनालाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको बिहीबार बसेको बैठकले ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवा गरेको हो ।
सशस्त्र प्रहरी नियमावलीको २०७२ को नियम ३९ को उपनियम(१) (ख) बमोजिम बढुवा समितिले ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवा गरेको हो ।
बढुवा सिफारिसमा पर्नेहरुमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडा मगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी रहेका छन् । बढुवा उपर चित्त नबुजेमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुले सात दिन भित्र उजुरी समितीमा उजुर गर्न गृह मन्त्रालयले पत्रचार गरेको छ ।
वि.सं.२०७७ पुस १७ शुक्रवार ११:३५ मा प्रकाशित






























