back
CTIZAN AD

भारतलाई अर्को झट्का; टेस्ट श्रृखलाबाट बाहिरिए उमेश यादव, उनको स्थानमा यी खेलाडीले पाए मौका

वि.सं.२०७७ पुस १७ शुक्रवार

792 

shares

१७ पुष, काठमाडौँ । भारतीय क्रिकेट टिमलाई अष्ट्रेलिया विरुद्ध तेस्रो टेस्ट अगाडी अर्को झट्का लागेको छ । भारतीय टिमका फास्ट बलर उमेद यादव अष्ट्रेलिया विरुद्धको बाँकी दुई टेस्ट खेलबाट बाहिरिएका छन ।

अष्ट्रेलिया विरुद्धको दोस्रो टेस्टमा बलिङ्ग गर्ने क्रममा चोटिल भएका उमेश यादव टेस्ट श्रृखलाका बाँकी दुई खेलबाट बाहिरिएको जानकारी ESPN क्रिकइन्फो ले ट्वीटरबाट ट्वीट गर्दै दिएको छ ।

उनको स्थानमा भारतका युवा फास्ट बलर टि नटराजनलाई टिममा समावेश गरिएको छ । यस अघि भारतका फास्ट बलर मोहम्मद शमी पनि चोटका कारण टिमबाट बाहिरि सकेका छन ।

४ खेलको टेस्ट श्रृखला अहिले १-१ को बराबरीमा रहेको छ । यी दुई टिम बिचको तेस्रो खेल जनवरी ७ मा सिड्नीमा हुनेछ ।

वि.सं.२०७७ पुस १७ शुक्रवार ११:१२ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...