१७ पुस, काठमाडौं । यसअघि तोकिएको समयमा हुन नसकेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको पुन तयारी थालिएको छ । सत्तारुढ दल नेपाल कम्युनष्टि पार्टी (नेकपा) भित्रको विवादका कारण समयमा भ्रमण हुन सकेको थिएन ।
मन्त्री ज्ञवालीको यस अगाडि डिसेम्बरको दोस्रो हप्तामा हुने भनिएको भारत भ्रमण नेकपाभित्रकै विवादका कारण हुन सकेन्, डिसेम्बरमा हुन नसकेको भ्रमण जनवरीको पहिलो हप्तामा हुने गरी तयारी गरिएको थियो ।
जनवरीको पहिलो साता हुने भनिएको भ्रमण भने प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद भंगका कारण समयमा हुन नसकेको हो ।
यसअघि हुननसकेको मन्त्री ज्ञवालीको भ्रमण पुन जनवरीको दोस्रो साता गर्नेगरी दुवै पक्षले तयारी थालेका छन् । तर, संसद विघटन विरुद्धको मुद्दा सर्वोच्चमा छलफलको क्रममा रहेकाले भ्रमणको मितीभने तोकिएको छैन् ।
वि.सं.२०७७ पुस १७ शुक्रवार ११:०६ मा प्रकाशित






























