back
CTIZAN AD

प्रचण्ड–नेपाल समुहलाई ओलीको जवाफ : निवेदनको चिरकटो निर्वाचन आयोगमा पुर्याउँदैमा वैद्यानिकता प्राप्त हुन्न

वि.सं.२०७७ पुस १७ शुक्रवार

678 

shares

१७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुँ नेतृत्वको पार्टी नै वैद्यानिक भएको दाबी गरेका छन् । शुक्रबार प्रवासी नेपाली एकता मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

ओलीले निर्वाचन आयोग र अदालत धाउँदैमा पार्टीको वैद्यानिकता प्राप्त नहुने बताए । उनका अनुसार पार्टीको वैद्यानिकता जनताबाट प्राप्त हुन्छ ।

उनले भने, ‘पार्टीको वैद्यानिकतो एउटा निवेदनको चिरपटो निर्वाचन आयोगमा पुर्याउँदैमा प्राप्त हुँदैन् । इतिहासले वैद्यानिकता दिन्छ, वैद्यानिकता जनताबाट प्राप्त हुन्छ । हामी वैद्यानिकताको दरखास्त हाल्न निर्वाचन आयोग गएका छैनौं । किनभने हामीलाई जानपर्ने आवश्यकता नै छैन् । हामीलाई पार्टी हौं भन्ने कुरा थाहा छ ।’

ओलीले पार्टीको वैद्यानिक खोज्न आफुँहरु ‘हामी यहाँ छौं है’ भन्दै सडकमा निस्कनुपर्ने अवस्था नरहेको पनि बताए । उनका अनुसार प्रचण्ड–नेपाल समुह अलपत्र पर्दैं गरेको छ ।

‘हामीले ‘हामी यहाँ छौं है’ भनेर छातीमा कागज टाँसेर बस्नुपर्ने अवस्था होइन्, देशलाई थाहा छ, दुनियालाई थाहा छ, विश्वलाई थाहा छ हामी कहाँ छौं भन्ने’, उनले भने, ‘उहाँहरु अलपत्र पर्दै हुनुहुन्छ, हामी यहाँ छौं भनेर छातीमा टाँसेर बस्नुपर्ने, सडकमा पलेटीँ कसेर बस्नुपर्ने अवस्था आइसक्यो, त्यसो नगरे हुन्थ्यो ।’

ओलीले आफुँहरु संविधानसम्मत ढंगले अगाडि बढेको कारण निर्वाचन आयोग वा अदालत जानुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘हामी वैद्यानिक पार्टी छँदै छौं त किन वैद्यानिकता चाहियो भनेर दरखास्त दिन जान्छौं ? हामी अदालत किन जान्छौं ? लोकतान्त्रिक प्रक्रियामा संविधानसम्मत ढंगले अगाडि बढेका छौं भने । हामी अदालत किन जान्छौं ? उहाँ लाइन लागेर अदालत र निर्वाचन आयोग जानु भएको छ । सडकमा गएर तमासा देखाउनु भएको छ ।’

वि.सं.२०७७ पुस १७ शुक्रवार १४:३७ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...