१७ पुष, काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत मेलबर्न रेनेगेड्र्स र सिड्नी थन्डर्स बिच चलिरहेको खेलमा रेनेगेड्सका ब्याट्सम्यानलले विस्फोटक ब्याटिङ्ग गरेको छ । वर्षको कारणले गर्दा प्रभावित भएको २० ओभरको खेललाई १७ ओभरमा घटाइएको थियो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको मेलबर्न रेनेगेड्र्सले १७ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको छ । मेलबर्न रेनेगेड्सका लागि ब्याटिङ्गमा शन मार्शले ४८ बल खेल्दैँ ८७ रन बनाएर आउट भएका थिए । त्यसक्रममा उनले ५ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यसैगरि रेनेगेड्र्सका अलराउण्डर मोहम्मद नबिले पनि २४ बलमा ३३ रनको पारी खेलेका थिए ।
सिड्नी थन्डर्सका लागि बलिङ्गमा भने नेथन म्याकएन्ड्र्यले ४ ओभरमा ४१ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारेका छन ।
डएिलएसका आधारमा सिड्नी थन्डर्सले यस बिग ब्यास लिगमा पाँचौँ जित हासिल गर्नको लागि १७ ओभरमा १७३ रन बनाउनु पर्ने भएको छ ।
वि.सं.२०७७ पुस १७ शुक्रवार १६:०८ मा प्रकाशित


























