back
CTIZAN AD

जिल्लामा भूकम्पपीडितका पुनः लगत सङ्कलन सुरु

वि.सं.२०७३ माघ ५ बुधवार

768 

shares

५ माघ,रत्ननगर (चितवन)। चितवनमा भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि भूकम्पले क्षति पु¥याएका घरको पुनःलगत सङ्कलन सुरु गरिएको छ ।

फोटोसहितको विवरण सङ्कलन गर्न इन्जिनियर र सामाजिक परिचालकको टोली गाउँगाउँमा पठाइएको जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनका संयोजक जीवनाथ आचार्यले जानकारी दिनुभयो ।

पहिलो चरणमा पहाडी क्षेत्रलाई लक्षित गरी १७ जनाको टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । अहिलेसबैभन्दा बढी भूकम्प प्रभावित क्षेत्र दारेचोक, काउले, चण्डिभञ्याङ र लोथरमा टोलीले लगत सङ्कलन सुरु गरेको हो ।

टोलीले कम्युटरमा नै फारम भर्ने, घरको र घर मुलीको समेत फोटो लिएर विद्यमान अवस्थाको मूल्याङ्कन गर्ने भएको छ । इन्टरनेटसमेत उपलब्ध गराइएकाले हरेक दिनको प्रगति विवरण सिधँै सिंहदर पठाउने व्यवस्था मिलाइएको आचार्यले जानकारी दिनुभयो ।

विवाद आए पनि सल्ट्याउन सहज हुने भएकाले प्रत्येक घरको फोटोसहितको विवरण सङ्कलन गरिने जिल्ला तथ्याङ्क कार्यालयका प्रमुख संयोजक आचार्यले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्र र बाँकी अन्य ठाउँमा भने ८ र ९ गते प्रशिक्षण कार्यक्रम गरिने र त्यसलगत्तै टोली परिचालन गरिने छ । जिल्लामा अहिले १८ हजार सात सय ५२ भूकम्पपीडित परिवारले राहतका लागि निवेदन दर्ता गराएका छन् ।
सङ्कलित निवेदनको आधारमा घरघर पुगेर पुनःपरीक्षण गरी लगत सङ्कलन हुने छ । यसअघि सामान्य क्षतिसहित जिल्लामा १५ हजार सात सय ४९ भूकम्पपीडितको तथ्याङ्क आएकामा अहिले बढेर १८ हजार सात सय ५२ पुगेको हो ।

स्थानीय विकास अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य सचिव श्रवणकुमार पोखरेलले गाउँगाउँमा नगरपालिका र गाविसमार्फत लगत सङ्कलन गरेपछि अहिले इन्जिनियरसहितको टोली परिचालन गरिएको बताउनुभयो ।

पहिलो चरणमा सरकारबाट रु १५ हजार पाएका र दोस्रो चरणमा न्यानो कपडाका लागि रु १० हजार पाएकाको प्रमाण एवम् रातो कार्डको आधारमा मात्रै उनीहरुलाई पुनःनिर्माणका लागि सरकारले रु तीन लाखको राहत प्याकेज दिने भएको छ ।

वि.सं.२०७३ माघ ५ बुधवार ०७:५० मा प्रकाशित

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा झापा क्षेत्र नं।–...

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ–आफ्नो जिल्लातार्फ...

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले गोर्खा जिल्लामा नेपाली काँग्रेसलाई सहयोग...

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौँ । मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

नेता खड्काद्वारा पार्टीका पक्षमा मतदान गर्न आह्वान

नेता खड्काद्वारा पार्टीका पक्षमा मतदान गर्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीका पक्षमा मतदान...