back
CTIZAN AD

रामबहादुर थापा भन्छन् – प्रचण्ड–नेपालले ‘कु’ गर्न खोजेपछि संसद विघटन गरिएको हो 

वि.सं.२०७७ पुस १८ शनिवार

708 

shares

पुस १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता रामबहादुर थापा बादलले प्रचण्ड र नेपालले राजनीतिक ‘कु’ गर्न खोजेपछि संसद विघटन गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ओली पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘उहाँहरुले प्रधानमन्त्रीलाई संसदमा बहुमत बनाएर अविश्वासको प्रस्ताव ल्याउने योजनाहरु अगाडि सार्नुभयो, एक ढंगको राजनीतिक ‘कु’ भनौं, ‘कु’को दिशातिर अगाडि बढ्ने नै उहाँहरुको अडान देखेपछि प्रधानमन्त्रीले आफ्नो विशेषाधिकारलाई प्रयोग गनुभएको हो’, थापाले भने ।

उनका अनुसार संसद विघटनको निर्णय राजनीतिक ‘कु’लाई रोक्न चालिएको कदम थियो । थापाले संसद विघटनको कदम निकै शाहसिक भएको बताए ।

‘यो ठूलो राजनीतिक कदम हो, राजनीतिक ‘कु’लाई रोक्ने, एक ढंगको प्रतिगमनलाई रोक्ने ठूलो राजनीतिक कदम हो’, थापाले भने, ‘यो एउटा शाहसिक कदम पनि हो ।’

वि.सं.२०७७ पुस १८ शनिवार १६:०६ मा प्रकाशित

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...