back
CTIZAN AD

भारतका पूर्वकप्तान गाङ्गुलीलाई हृृदयघात भएपछि मुटुको शल्यक्रिया गरियो

वि.सं.२०७७ पुस १९ आइतवार

897 

shares

१९ पुस, कलकत्ता ।भारतीय क्रिकेटका महान खेलाडी सौरभ गाङ्गुलीको मुटुको सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उनको उपचारमा सम्लग्न अस्पतालले जानकारी गराएको छ ।

गाङ्गुलीलाई शनिबार बिहान जिममा व्यायाम गर्नेक्रममा ह्रदयघात भएपछि तुरुन्तै पश्चिम बंगाल राज्यको राजधानी कलकत्ताको वुडल्याण्ड अस्पतालमा लगिएको थियो । “सौरभ गाङ्गुलीको एन्जियोप्लास्टी भएको छ र उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ,” गाङ्गुलीको उपचारमा संलग्न चिकित्सक सरोज मण्डलले अस्पताल बाहिर पत्रकारहरूसँग भने ।

गाङ्गुली विरामी भएको खबरपछि उनलाई उपचारका लागि भर्ना गरिएको वुडल्याण्ड अस्पतालमा क्रिकेटका पूर्व कप्तानका आफन्त तथा सुभेच्छुक अस्पताल परिसरमा जम्मा हुँदा ठूलो भीड लागेको छ । भारतीय क्रिकेट बोर्डको नेतृत्वसमेत गरिरहेका ४८ वर्षीय पूर्व कप्तान गाङ्गुलीको अवस्था अनुगमन गर्न अस्पतालले पाँच चिकित्सकहरूसहितको एक मेडिकल टोली गठन गरेको बताइएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले उनले गांगुलीको परिवारलाई उद्धृत गर्दै भने,, “मैले गाङ्गुलीको परिवारसँग कुराकानीका क्रममा पारिवारिक एक सदस्यले उहाँको अवस्था स्थिर रहेको र उपचारमा राम्रो प्रतिक्रिया मिलिरहेको जानकारी पाएको छु ।” गाङ्गुली सन् २०१९ मा सर्वसम्मतरूपमा बीसीसीआईको अध्यक्ष निर्वाचित भएका थिए ।
सफल खेलाडीको रूपमा उनले लामो समय भारतीय क्रिकेटको नेतृत्व गर्नुभएको थियो भने गाङ्गुलीले संयुक्त अरब इमिरेट्समा गत वर्ष सम्पन्न इन्डियन प्रिमियर लिग सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

वायाँ हातको जादुमयी खेलका लागि चिनिने गाङ्गुलीले सात हजार २१२ र र १६ सेन्चुरीको रेकर्ड कायम गरी टेस्ट क्रिकेटबाट सन् २००८ मा विदा लिएका थिए । उनले एक दिवसीय ३११ अन्तर्राष्ट्रिय खेलबाट एघार हजार ३६३ रनको रेकर्ड बनाएका छन् । एएफपी

वि.सं.२०७७ पुस १९ आइतवार ०८:५६ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...