back
CTIZAN AD

संविधानको हस्ताक्षरकर्ता ओली आफैले लाजमर्दो काम गरे–वरिष्ठ नेता खनाल

वि.सं.२०७७ पुस १९ आइतवार

627 

shares

१९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले संविधानको हस्ताक्षरकर्ता रहेका प्रधानमन्त्री केपी ओलीले नै संसद विघटन गरेर लाजमर्दो काम गरेको बताएका छन् ।

पुष्पलाल अध्ययन समाजद्धारा ‘स्वनाम साथि ‘शशि शेरचन’ को स्मृतिमा शनिबार राजधानीमा आयोजित शोकसभामा वरिष्ठ नेता खनालले आफै संविधानको हस्ताक्षरकर्ता रहेका ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर देशलाई अस्थिरथातिर धकेलेको आरोप लगाए ।

‘उनी आफै संविधानको हस्ताक्षरकर्ता हुन् सुवास नेम्वाङ त्यो संविधानसभाको अध्यक्ष हुन् तर आज के भनेर उनीहरु जनताका सामु उभिन्छन् लाजमर्दो कुरा छ,’ मन्तव्यका क्रममा वरिष्ठ नेता खनालले भने, ‘अझ लोकतन्त्र बचाउनका लागि मैले संसद विघटन गरेको हो भनेर बाहिर बकवास गर्ने कामहरु सुन्दैछौं ।’
संविधान बनिसकेपछि देश विकास निर्माणका कार्यमा अगाडि बढ्छ अनि नेपाली जनताको जीवनस्तर सहज हुन्छ भन्ने आम जनताको अपेक्षा विपरित ओलीले ंसंविधानलाई नै भत्काउने र विध्वंश गर्ने खालको कदम चालेको बताउँदै ओलीबाट चालिएको यो कदम नेपाली जनताका लागि अत्यन्त ठूलो दुर्घना र दुर्भाग्यको कुरा रहेको बताए ।

‘यो अत्यन्तै अनेपेक्षित कुरा हो । राजा महेन्द्रले जुन खालको कदम चालेका थिए लोकतान्त्रिक सरकारलाई बिघटन गर्नका लागि करिब यस्तै कदम यो रहेको र यो घटना पछाडि जो सुकैले बहुमत ल्याएर जो प्रधानमन्त्री बने पनि उसमा अलिकति सनक चढ्यो भने यस्तै घटना घटाउन सक्छन् अनि अस्थिरता उत्पन्न हुन्छ । त्यो अस्थिरताको ढोका खोल्ने काम यो घटनाले गरेको छ ।’ वरिष्ठ नेता खनालले भने ।

वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीको कदमले मुलुकमा गम्भीर परिस्थिति सिर्जना गरेको र संविधानका मूल्य र मान्यतालाई कसरी बचाउन सकिन्छ, विधिको सासन र लोकतन्त्रलाई कसरी बचाउन सकिन्छ, मुलुकलाई अग्रगतितिर र प्रगतिको दिशातर्फ कसरी लैजान सकिन्छ भन्ने आधारलाई सुरक्षित गर्न कसरी सकिन्छ भन्ने गम्भीर समस्याहरु र चुनौती खडा भएको बताए ।

‘सचेत नेपाली नागरिक जो लोकतन्त्रप्रति विश्वास गर्नुहुन्छ जो देशभक्तिप्रति विश्वास गर्नुहुन्छ ती सबै शक्तिहरु एकतावद्ध भएर फेरि एकपटक हामीले घनघोर सामुहिक प्रयत्न गर्नुपर्ने बेला आएको छ ।’ वरिष्ठ नेता खनालले भने ।

वि.सं.२०७७ पुस १९ आइतवार १४:४० मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...