back
CTIZAN AD

प्रमोद र विन्ध्यवासिनीको द्धन्दमा प्रमोदको पक्षमा उभियो प्रस्तोता समाज

वि.सं.२०७७ पुस १९ आइतवार

1K 

shares

काठमाडौँ । गायक प्रमोद खरेल तथा विन्ध्यवासिनी म्युजिकबीच प्रतिलिपि अधिकारको विषयमा भएको विवादमा प्रस्तोता समाज गायक खरेलको पक्षमा उभिएको छ ।

प्रस्तोता समाजको पत्र अनुसार सम्झौता पत्र अनुसार प्रतिलिपि अधिकार दोस्रो पक्ष अथवा गायक खरेलमा रहेको प्रस्तोता समाजको कार्यसमिति बैठकले निर्णय गरेको हो ।

गायक खरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेज कार्यक्रममा आफूले उत्पादन गरेका गीत–संगीत बिना अनुमति गाएको भन्दै विन्ध्यवासिनी म्युजिक कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएको थियो ।

यो विवादमा गायक र गायिकाहरूको पेसागत संगठन प्रस्तोता समाज नेपाल प्रमोद खरेलको पक्षमा उभिएको छ । विन्ध्यबासिनी म्युजिकसँग चार लाख १० हजार रुपैयाँ ८ वटा गीत निर्माणका क्रममा लिए पनि प्रतिलिपि अधिकार दोस्रो पक्ष गायक खरेलसँग रहेको सम्झौतापत्रको प्रकरण नं ४, ५, ६ र ७ नम्बर बुँदामा रहेको प्रस्तोता समाजका अध्यक्ष शिव हमालले उल्लेख गरेका छन् ।

उक्त चार लाख १० हजार रुपैयाँ विन्ध्यवासिनी म्युजिकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न माध्यममा विक्री गरि दोस्रो पक्ष खरेलले प्राप्त गर्ने रकमबाट कट्टा गर्ने सम्झौतापत्रमा उल्लेख भएकाले प्रतिलिपि अधिकार पनि गायक स्वयंसँग रहेको समाजले स्पष्ट पारेको छ ।

सम्झौता पत्रमा आम्दानीको सम्बन्धमा आम्दानी रकम प्राप्त भएको एक महिनाभित्र फरफारक हुनुपर्ने उल्लेख भए पनि हालसम्म नभएको भन्दै गायक खरेलको अधिकार हनन् भएको समाजले बताएको छ ।

वि.सं.२०७७ पुस १९ आइतवार १४:३६ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...