back
CTIZAN AD

मुख्यमन्त्री डोरमणीविरुद्वको अविश्वास प्रस्तावबाट तीन सांसदले झिके हात, प्रचण्ड–नेपाल पक्ष थप कमजोर

वि.सं.२०७७ पुस १९ आइतवार

630 

shares

पुस १९, काठमाडौं । नेकपा विभाजनसँगै बागमती प्रदेशभित्र सुरु भएको राजनीतिक खेलले नयाँ मोड लिन थालेको छ । विभाजनसँगै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्व प्रचण्ड–नेपाल पक्षले राखेको अविश्वास प्रस्ताव नै असफल हुने स्थितिसमेत बन्न थालेको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले हस्ताक्षर फिर्ता लिएसँगै यस्तो देखिएको हो ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसद प्रकाश श्रेष्ठ, रमा आलेमगर र कृष्ण भुर्तेलले हस्ताक्षर फिर्ता लिएका हुन् । उनीले आफुँहरुले हस्ताक्षर फिर्ता लिएको पनि जानकारी प्रदेशसभा सचिवालयलाई गराएका छन् ।

पार्टी विभाजनसँगै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्व प्रचण्ड–नेपाल पक्षले ४५ सांसदको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । जसमध्ये तीन सांसदले हस्ताक्षर फिर्ता लिएका छन् ।

११० सदस्यीय बागमती प्रदेशसभामा नेकपाका ८० सांसद छन् । जसमध्ये ४५ सांसदले पौडेलविरुद्व हस्ताक्षर गरि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, तीन जनाले फिर्ता लिएसँगै मुख्यमन्त्री पौडेलको पक्षमा ३८ सांसद देखिएका छन् ।

साथै हस्ताक्षर गरेका केही सांसद थप ढुलमुल पनि छन् । नेकपाको केन्द्रमा केही नेता तथा सांसदले रातारात कित्ता परिवर्तन गरेको घटनालाई हेर्दा हस्ताक्षर गरेका थपले पनि फिर्ता गर्न सक्ने सम्भावना कायमै छ ।

अविश्वासको प्रस्ताव पारित गर्न जटिल

यसै पनि अविश्वासको प्रस्ताव पारित गराउन बहुमत सदस्य अर्थात ५६ सांसदको मत चाहिन्छ । तर, प्रचण्ड–नेपाल पक्षसँग हालसम्म ४२ सांसदको मात्रै सहमती छ ।

अविश्वास प्रस्ताव पारित गराउन सभाको अर्को ठूलो दल कांग्रेसको साथ चाहिन्छ । तर हालसम्म पनि कांग्रेसले सोबारे निर्णय गरिसकेको छैन् । कांग्रेससँग २२ सांसदको मत छ ।

वि.सं.२०७७ पुस १९ आइतवार १५:०८ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...