back
CTIZAN AD

अष्ट्रेलिया छोडेकी कुसुमले गाउँमा बाख्रापालनबाट लोभलाग्दो आम्दानी गर्दै

वि.सं.२०७७ पुस १९ आइतवार

786 

shares

१९ पुष, ईलाम । नेपाली युवायुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र विदेशिन निकै पहल पनि गर्ने गर्छन् । नेपालबाट रोजगारीका लागि दैनिकजसो विदेशिने युवायुवतीको लर्को नै लाग्ने गर्छ । इलामको माईजोगमाई –३ नयाँ बजारकी कुसुम दाहालले भने अष्टे«लियाको बसाई छोट्याएर आफ्नै गाउँमा बाख्रापालनबाट लोभलाग्दो आम्दानी गर्न सफल भएकी छन् ।

घरपरिवारसँगै बसेर परम्परागत पेशा तथा व्यापार गर्दागर्दै दुई वर्षअघि अष्ट्रेलिया गएकी थिएँ”, दाहालले भने, “अष्टे«लियको कृषि र पशुपालन फार्म हेरेपछि आफ्नै गाउँमा बाख्रापालन गर्न मन लाग्यो ।” अहिले उनी यही व्यवसायमा संलग्न छिन् । त्यस्तै निजी वनमा रुख हुर्काएर पनि वर्षेनी लाखौँ आम्दानी गरेकी छन् । उनले गाउँमा र आफ्ना साथीको विदेश जाने लर्को लागेको देखेर अष्टे«लिया जान मन लागेको भन्दै केही वर्षअघि अष्ट्रेलिया गएको बताउछिन् । दाहालले भनिन् “उनी विदेशमा जत्तिको मेहनत गरे त गाउँमै रोजगारीसँगै आम्दानी पनि मज्जाले गर्न सकिने रहेछ”, दाहाल भन्छिन् । दाहालले विदेशको व्यापार र रोजगारको अवसर हेरेपछि आफूले धेरै कुरा सिकेको बताईन् । विदेशमा कृषि र पशुपालनमा लाग्नेलाई, सीप, प्राविधिक ज्ञान र सरकारी सहयोग पाएको देखेको उनी बताउछिन् । दाहालले भने, “हामीले परम्परागतरुपमा बाख्रापालन गरिराखेको अवस्थामा प्राविधिक ज्ञान लिएर काम गर्दा आम्दानी बढ्छ भन्ने लागेर स्वदेश फर्किएँ ।”

नेपाल फर्किएपछि दाहालले बाख्रापालनको तालिम लिए । तालिमपछि उनले आफ्नो माइतीमा रहेको ५४ रोपनी जग्गा ठेक्का लिएर बाख्राको खोर बनाउने काम शुरु गरिन् । पुरानो पेशा व्यापारलाई निरन्तरता दिएर माइजोगमाई– ३ स्थित लप्सीबोटेमा बाख्रापालन शुरु भयो । दुई वर्षअघि स्थापना भएको अन्नपूर्ण कृषि तथा पशुपालन फार्ममा अहिले ६० वटा उन्नत जातका बाख्रा छन् । फार्ममा साधन, बयर र स्थानीय जातका बाख्रा छन् ।

बाख्रासँगै दाहालले स्थानीय जातको कुखुरा पनि पालेकीछन् । इलाम पर्यटकीय जिल्ला भएकाले आन्तरिक पर्यटकको पनि घुइँचो नै लाग्ने गर्दछ । यी स्थानीय जातका कुखुरा आन्तरिक पर्यटकका लागि नै खपत हुने गरेको र अधिकांश कुखुरा घरबाटै बिक्री हुने गरेको उनी बताउँछिन् । “विदेशमा बसेर गर्ने दुःख नेपालमै गरे त रोजगारीसँगै आम्दानी बढ्ने रहेछ दाहालले भनिन्, “जग्गामा राम्रो उत्पादन हुने र घाँस प्रशस्त हुँदै आएको बारीमा चिया, अकबरे खोर्सानी र खोर बनाएर बाख्रापालन गरिएको छ ।”

दाहालले चुला चौकाको काम भ्याएर भए पनि कृषि पेशा गर्न मन लागेको बताउँछिन् । घरव्यवहार तथा अरु पनि कार्यभित्रैैदेखि लगाव लगाएपछि गर्न सकिँदो रहेछ भन्ने अुनभव आफूले लिएको दाहालको भनाइ छ । “घरगाउँमा सबै कृषि पेशामै छन् विदेशमा पनि कृषिबाट करोडौँ आम्दानी गरेको देखेका हामीले आधुनिक तरिकाले कृषि र पुशपालन गर्दा राम्रौ नै आम्दानी हुँदोरहेछ, उनले बताईन् ।”
करीब ५४ रोपनी क्षेत्रफलमा घाँस भएकाले उहाँलाई बाख्रा पाल्न गाह्रो भएको छैन । घाँस खेर जान नदिन मेसिनबाट कुटी काटेर बाख्रालाई दिने गरिएको छ । दाहालको भनाइ छ, “आम्दानी पनि राम्रो छ, नाफासँगै सन्तुष्ट पनि छु । फार्ममा गाउँका दुई युवाले रोजगारी पाएका छन् ।”
व्यवस्थापनका लागि बृहत् योजना बनाउने र लगानी जुटाउने काम भइरहेको भन्दै बिस्तारै खोरसँगै बाख्रा पनि थप्ने योजना रहेको उनको योजना छ । अहिले उनको फार्ममा बाख्राको सङ्ख्या वृद्धि गरी ठूलो बनाएर १० जनालाई रोजगारी दिने योजना रहेको छ । “प्रदेश एककै नमूना बाख्रा फार्मसँगै उन्नत जातका बाख्राकोे स्रोत केन्द्रका रुपमा आफ्नो फार्मको विकास गर्नेछ”, उनले बताइन् ।

शुरुमा रु १२ लाख लगानीबाट व्यवसाय शुरु भएको र अहिले फार्ममा लगानी रु ३० लाख पुगेको छ । यो आर्थिक वर्षको छ महिनामा बाख्रा बिक्रीबाट रु १५ लाखभन्दा बढी आम्दानी गरेको दाहालको भनाइ छ । “पश्चिम नेपालबाट साधन जातको बाख्रा र पूर्वी नेपालको पहाडी जिल्लाबाट बोयर जातको बाख्राको माग उच्च रहेको छ”, उनी बताउँछिन् ।

व्यापारमा रमाइरहेको र उच्च शिक्षा हासिल गरेको मान्छेले बाख्रा किन पालेको भने पनि धेरैले गिज्याएको उनको अनुभव छ । तर आफूले हिम्मत नहारी बाख्र्रा र कुखुरापालनसँगै अकबरे खुर्सानीबाट आम्दानी राम्रो गरेको उनले बताईन् । दाहालको बुझाइमा उच्च शिक्षा हासिल गरेका मानिसले कृषि पेशामा लागे बजारको भाउ बुझ्न, प्राविधिक ज्ञान लिन सजिलो हुने भएकाले व्यावसायिक कृषि पेशमा युवायुवती नै लाग्नुपर्ने हुन्छ । उच्च शिक्षा लिएको युवा कृषि र पशुपालनमा लाग्यो भने आफ्नो हातको मोबाइलबाटै प्राविधिक ज्ञान र बजारको अवस्था बुझ्न सकिने पनि उनको अनुभव छ ।

“बाख्राको बजार निकै राम्रो छ”, दाहालले भनिन्, “बोयर बाख्रा नयाँ जात भएकाले सबै किसानले फार्मबाटै एक दुई वटा गर्दै खरिद गर्दै आएका छन् ।” बोयर बाख्रा प्रतिकिलो रु एक हजार ५०० देखि रु तीन हजार ५०० मा बिक्री हुन्छ । पश्चिमतिर साधन जातको ब्राखाको माग रहेकाले पूर्वमा बोयर र पश्चिममा साधन जातको बाख्रा बिक्री गर्दै आएको उनले जानकारी दिइन् ।

कुसुमको बाख्राको फार्मसँगै कुखुरापालन पनि छ । अहिले खोरमा ५०० स्थानीय जातका कुखुरा छन् । कुखुराको बजारको समस्या छैन दाहालले सुनाइन् । उनको घरबाटै कुखुरा प्रतिकिलो रु ६०० मा बिक्री हुँदै आएको छ । कुखुरा गाउँघरदेखि शहरबजारका व्यक्ति पनि खरिद गर्न पुग्छन् दाहालको फार्ममा । कुखुरा र बाख्राको प्रशस्त मल हुने भएपछि दाहालले अकबरे खुर्सानीको खेती गरेकी हुन् । दाहालले दुई रोपनी जमिनमा इलामको अकबरे खुर्सानी खेती गर्नुभएको छ । अकबरे खुर्सानी प्रतिकिलो रु ३०० मा बिक्री हुने गरेको छ । उनले यो वर्ष मात्रै ८० किलो खोर्सानी बिक्री गरेको बताइन् ।

वि.सं.२०७७ पुस १९ आइतवार १५:२३ मा प्रकाशित

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका...