back
CTIZAN AD

आयल निगमद्वारा प्रादेशिक कार्यालय लुम्बिनीमा मट्टितेल ट्याङ्क भण्डारण निर्माण

वि.सं.२०७७ पुस १९ आइतवार

678 

shares

१९ पुष,रुपन्देही। नेपाल आयल निगमले प्रादेशिक कार्यालय लुम्बिनीमा मट्टितेल ट्याङ्क भण्डारण निर्माण गरेको छ । हाल भलवारीस्थित कार्यालयको डिपोमा मट्टितेल भण्डारण गर्दै आएकामा ट्याङ्कलाई पेट्रोलमा रुपान्तरण गर्न नयाँ भण्डारण निर्माण गरिएको हो ।

निगमले मट्टितेल भण्डारणका लागि छुट्टै १४० किलोलिटर क्षमताका दुईवटा ट्याङ्क निर्माण गरेको छ । रु एक करोड लगानीमा सो ट्याङ्क निर्माण गरिएको निगमका कार्याकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

पेट्रोलको भण्डारण क्षमता कम हुँदा मागअनुसार आपूर्ति गर्न नसकेपछि निगमले मट्टितेल ट्याङ्कलाई पेट्रोलमा रुपान्तरण गर्न लागेको हो । डिपोमा पेट्रोलको भण्डारण क्षमता जम्मा १४० किलोलिटर रहेको तर खपत करिब २०० देखि ३०० किलोलिटरसम्म हुने गरेपछि मट्टितेल ट्याङ्कलाई पेट्रोलमा रुपान्तरण गर्न लागिएको हो । जसबाट पेट्रोलको भण्डारण क्षमतामा करिब तीन गुनाले वृद्धि भई करिब तीन दिनको आपूर्ति धान्न सक्नेछ ।

उक्त डिपोबाट हाल लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, अर्घाखाची, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गण्डकी प्रादेशको स्याङ्जाको पश्चिम भेग र बाग्लुङका केही भाग गरी आठ जिल्लामा अवस्थित पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ वितरण हुँदै आएको छ । भारतको बेतालपुर, गोण्डा, मुगलसराय र नेपालको अमलेगञ्ज डिपोबाट डिजेल, पेट्रोल र मट्टितेल आयात एवं प्राप्ति गरी बिक्री वितरण गर्ने गरिएको छ । यसैगरी प्रत्येक उपभोक्ताको घरघरमा खाना पकाउने एल पिजी ग्यास इन्डियन आयलका हल्दिया, पारादिप, बरौनी र मथुरा रिफाइनरीबाट आयात गरी एल।पि।जि।बोटलिङ प्लान्टलाई बिक्री वितरण गर्ने गरिएको छ ।

उक्त क्षेत्रमा हाल पेट्रोलियम पदार्थको मागमा वार्षिक करिब १२ प्रतिशतका दरले वृद्धि हुँदै गइरहेको छ । औसत रुपमा दैनिक १२ लाखदेखि १३ लाख लिटरसम्म पेट्रोलियम पदार्थको बिक्री वितरण हुँदै आएको प्रादेशिक कार्यालय लुम्बनी डिपोका प्रमुख प्रलयांकर आचार्यले जानकारी दिए ।

निगमले डिपो परिसर तथा उक्त क्षेत्रका पेट्रोल पम्प, स्थानीय क्षेत्रमा हुनसक्ने आगलागीको नियन्त्रण गर्न पानी र केमिकल फोम मिश्रित छ हजार लिटर क्षमताको अत्याधुनिक दमकल खरिद गरी सञ्चालनमा ल्याएको छ ।

समुन्द्रा घिमिरे (रासस)

वि.सं.२०७७ पुस १९ आइतवार १९:३६ मा प्रकाशित

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...