२० पुष, पोर्चुगल । कोरोना संक्रमणबाट पोर्चुगलमा एक महिलाको मृत्यु भएको छ ।
भोजपुर घर भइ एकवर्षदेखि पोर्चुगलको लिस्बन बाहिर रहँदै आएकी ४२ वर्षीया महिलाको जनवरी २ मा कोरोना संक्रमणबाट मृत्यु भएको बताइएको छ ।
एकसाता अगाडि ग्यास पड्किएर घाईते भएकी उनको उपचारका लागि अस्पताल पुर्याउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो पटक ती महिलाको मृत्यु भएसँगै पोर्चुगलमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या तीन पुगेको छ । यसअघि डिसेम्बर २९ मा तनहुँका २७ वर्षीय तिल बहादुर रानाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
सांकेतिक तस्बिर
वि.सं.२०७७ पुस २० सोमवार ११:४२ मा प्रकाशित



























