back
CTIZAN AD

करेन्ट लागेर जङ्गली भालुको मृत्यु

वि.सं.२०७७ पुस २१ मंगलवार

699 

shares

२१ पुष, उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्गली भालुको मृत्यु भएको छ । डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्गलमा एक भालुको मृत्यु भएको हो ।

डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल शर्माले मिर्चैयाबाट हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा विस्तार गरिएको विद्युत्को तार चुरे जङगलका केही भाग र जमिनमा समेत प्रवाह हुने गरेका कारण सो क्षेत्रमा घुम्दै आएको जङ्गली भालु मृतावस्थामा भेटिएको बताए । नाङ्गो तार र चिसो जमिन तथा हरियो रुख बिरुवा तारमा जोडिने गरेका कारण जङ्गल क्षेत्रमा विद्युत्को उचित व्यवस्थापन नहुँदा यस क्षेत्रमा यस्ता घटना पटक–पटक घटिसकेको सहायक वन अधिकृत शर्माले बताए । समयमै सम्बन्धित निकाय र विद्युत् प्राधिकरणले यस्ता समस्याको सामाधान नगरे अन्य घटना पनि घट्न सक्ने कटारी त्रिवेणीका स्यानीयवासी घनश्याम कार्कीले बताए ।

वि.सं.२०७७ पुस २१ मंगलवार १०:२४ मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...