back
CTIZAN AD

साझा प्रकाशनमा निर्वाचन शुरु, अध्यक्षमा को–को ले दिए त उम्मेदवारी ?

वि.सं.२०७७ पुस २१ मंगलवार

756 

shares

२१ पुष, काठमाडौं । साझा प्रकाशनको यही पुस २५ गते तय गरिएको २४ औँ साधारणसभा अन्तर्गत आजदेखि सञ्चालक समितिका अध्यक्षमा निर्वाचन शुरु भएको छ । अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया शुरु भएकामा तीन सदस्य निर्विरोध चयन भएकाले अध्यक्षमा मात्र निर्वाचन हुन लागेको हो । अध्यक्षमा सञ्चालक समितिका पूर्वसदस्यद्वय डा विजय सुब्बा र डा जीवनचन्द्र कोइरालाले उम्मेदवारी दिएका छन् ।

सञ्चालक सदस्यमा हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा उम्मेदवारी दिएका वियोगी बुढाथोकी, महेश प्रसाईँ, ज्ञानु अधिकारी र यशोदा अधिकारीले सहमतिमा उम्मेदवारी फिर्ता लिएका थिए । निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईका अनुसार पुस २१ देखि २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचनका लागि समय निर्धारण गरिएको छ ।

कूल एक हजार ४५७ अंशियार ९शेयर सदस्य० रहेको भाषा–साहित्यको सो ऐतिहासिक संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिका अध्यक्षमा पहिलोपटक निर्वाचन हुन लागेको हो । विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्ति हुने गरेको थियो । यसैगरी लेखा सुपरीवेक्षण समितिका एक संयोजक र दुई सदस्यका लागि पनि निर्वाचन हुनेछ । संस्थाको कूल नौ सदस्यीय सञ्चालक समितिमा अर्थ भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण र विषयगत मन्त्रालयबाट एकएक सहसचिव रहनेछन् भने एक विज्ञ सदस्यमा नेपाल सरकारले नियुक्त गर्नेछ ।

वि.सं.२०७७ पुस २१ मंगलवार १२:०७ मा प्रकाशित

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...