back
CTIZAN AD

कोरोना संक्रमण देखिएपनि पटक-पटक परीक्षण नगराउन मन्त्रालयको अनुरोध

वि.सं.२०७७ पुस २१ मंगलवार

744 

shares

२१ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण देखिएपनि नेगेटिभ नआउँदा सम्म पटक-पटक परीक्षण गराएको पाइएको भन्दै त्यस्तो नगर्न अनुरोध गरेको छ ।

कोरोना संक्रमण पुष्टि भएका तर लक्षण वा चिन्ह नदेखिएका व्यक्तिहरुमा दश दिनपछि बिना परीक्षण जनस्वास्थ्य मापदण्ड अपनाइ आफ्नो दैनिक जीवनमा फर्कन सकिने व्यवस्था गरेपनि त्यस्तो नगरेको र नेगेटिभ नआउँदा सम्म पटक-पटक परीक्षण गरेको पाइएकोमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ ।

‘कतिपय व्यक्तिहरु संक्रमण पुष्टि भइ स्वास्थ्य अवस्था बिग्रदै जाँदा समेत स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने तथा अस्पताल नपुग्नाले उपचार आदिमा ढिला भइ ठूलो जोखिम आउने अवस्था देखिएको छ’ मन्त्रालयद्धारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तै कतिपय व्यक्तिहरु आइसोलेशन सेन्टर तथा अस्पतालमा भर्ना भएर लामो समय रहने र पटक पटक परीक्षण गराइरहने र नतिजा नेगेटिभ नआउन्जेल डिस्र्चाज समेत नुहने कार्यहरु गर्ने गराउने गर्नाले धेरै नकारात्मक असरहरु हुन जाने गर्दछ ।’

यस्तो गर्नाले स्रोतसाधनको दुरुपयोग हुनुका साथै सम्बन्धी व्यक्तिहरुमा मानसिक तनाव समेत बढ्न गएको बताउँदै सबैको कोभिड परीक्षण निर्देशिका अनुसार मात्रै गर्न गराउन र संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीको निगरानीमा रहन समेत अनुरोध गरेको छ ।

No photo description available.

वि.सं.२०७७ पुस २१ मंगलवार १२:१३ मा प्रकाशित

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...