२१ पुस, काठमाडौं । शीर्ष स्थानमा रहेको लिभरपुल गएराति भएको खेलमा साउथह्याम्पटनसँग पराजित भएको छ । खेल सुरुभएको दोस्रो मिनेटमा ड्यानी इंग्सले साउथह्याम्पटनका लागि निर्णायक गोल गरेका थिए ।
साउथह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा इंग्सको एक मात्र गोलले जित दिलाए । लिग चरणमा यो सँगै दुई हार व्यहोरेको लिभरपुल हारपछि पनि अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । तर लिभरपुल भन्दा एक खेल कम खेलेको म्यान्चेष्टर यूनाईटेडको समान अंक रहेको छ ।
लिभरपुलले १७ खेलमा ९ जित, ६ बराबरी र २ हारको नतिजा निकाल्दै ३३ अंक जोडेको छभने एक खेल कम खेलेको म्यानचेष्टर युनाइटेडको १६ खेलमा १० जित, ३ बराबरी र ३ हारका साथ ३३ अंकनै रहेको छ । साउथह्याम्पटन भने जितको साथ तीन अंक बटुल्दै २९ अंकका साथ छैटौं स्थानमा उक्लेको छ ।
वि.सं.२०७७ पुस २१ मंगलवार १२:१७ मा प्रकाशित



























