२१ पुस । बोरुसिया डर्टमुन्डका सिइओ हान्स जोचिम वाट्ज्केले इर्लिङ हालान्डले रोर्बेट लेवान्डावस्कीको बाटो समाउदा आफुलाई विश्वस्थरिय खेलाडी बनाउन सक्ने बताएका छन् । किकर म्यागजिनसँगको अन्तरवार्तामा उनले लेवान्डावस्की बोरुसिया डर्टमुन्डमा चार वर्ष रहदै आफुलाई विश्वस्थरिय खेलाडी बनाउदै वार्यन म्यूनिख गएको बताए ।
वाट्ज्केले भनेका छन्,‘ डर्टमुन्डमा उनको भूमिका कस्तो छ इर्लिङ र उनका एजेन्ट मिनो राओलालाई राम्ररी थाहा छ, म उनलाई रोर्बेट लेवान्डावस्कीले जस्तै गर्न सुझाव दिन्छु ।’

लेवान्डावस्कीलाई पोलिस लिग बाटा २०१० मा युवा खेलाडीको रुपमा क्लबमा ल्याउदाको क्षण सम्झदै वाट्ज्केले भने, ‘ लेवान्डावस्कीले आफुलाई विस्वस्थरिय खेलाडी बनाउन डर्टमुन्डमा पर्याप्त समय दिए । ’ लेवान्डावस्की २०१४ मा जर्मन क्लब बार्यन म्यूनिखमा आवद्ध भएका थिए ।
एकै वर्षमा कोहि पनि स्तरीय खेलाडी बन्न नसक्नेमा पनि वाट्क्जेले सुझाए । ‘हामीलाई राम्ररी थाहा छ कि इर्लिङले डर्टमुन्ड भन्दा ठूलो टोलीका लागि क्लब छाड्नेछन् । त्यति बेला उनलाई लिन सक्ने क्लब धेरै हुने छैनन्,’ उनले थपे, ‘यदि उदाहरणका लागि उनी रियल म्याड्रिड आबद्ध हुन चाहन्छन् भने उनले आफूलाई माथिल्लो स्तरमा पुर्याउनुपर्ने हुन्छ ।’
गत वर्ष डर्टमन्ड पुगेयता हालान्डले क्लबका लागि लगातार जसो गोल गर्दै आइरहेका छन् । उनको सुदारिएको प्रदर्शनका कारण हाल उनलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेसँग तुलना गर्न थालिएको छ ।

डर्टमुन्डसँग हालान्डको सम्झौता सन् २०२४ को जुन सम्म रहेको छ । सञ्चारमाध्यमले २०२२ सम्म हालान्डका लागि ७५ मिलियन युरो रिलिज क्लज राखिएको दावी गरेका छन् । उनलाई आफ्नो क्लबमा आवद्ध गर्नको लागि स्पेनिस च्याम्पियन रियल मड्रीड , इन्लिस क्लब म्यान्चेष्टर यूनाईटेड इन्छुक रहदै आएका छन् ।
वि.सं.२०७७ पुस २१ मंगलवार १३:२३ मा प्रकाशित




























