back
CTIZAN AD

आज देशैभरी ४०९ जनामा कोरोना संक्रमण, ४९५ संक्रमणबाट मुक्त, ६ जनाको मृत्यु

वि.सं.२०७७ पुस २२ बुधवार

690 

shares

२२ पुस, काठमाडौं । नेपालमा आज ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ६ हजार ७०६ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १८४ जनासहित देशैभरी ४०९ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १४४ र २६५ जना पुरुष रहेका छन् ।

संक्रमित थपिनेमा प्रदेश १ मा १३ जना, प्रदेश २ मा ५ जना, बागमती प्रदेशमा २६७ जना, गण्डकी प्रदेशमा ४१ जना, लुम्बिनी प्रदेशमा ७६ र सुदूरपश्चिम प्रदेशमा ७ जना रहेका छन् ।

आज थपिएका ४०९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६३ हजार ३१० पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४९५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५६ हजार १६१ पुगेको छ । निको हुनेको यो दर ९७.३ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिए ५२२ कोरोना संक्रमित, ५७८ निको, ८ जनाको मृत्यु

 

वि.सं.२०७७ पुस २२ बुधवार १६:३३ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...