back
CTIZAN AD

सिनर्जी पावर कम्पनीले नयाँ जलविद्युत्मा लगानी गर्ने

वि.सं.२०७७ पुस २२ बुधवार

741 

shares

२२ पौष, काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ ।

कम्पनीले आज भर्चुअल माध्यमबाट गरेको साधारणसभामा सो प्रस्ताव पारित भएसँगै कम्पनीलाई सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ‘मध्य होंगु खोला ‘ए’ जलविद्युत् आयोजनामा लगानी गर्ने बाटो खुलेको हो ।

सो आयोजनामा कम्पनीले स्वपूँजीको ४० प्रतिशत शेयर लगानी गर्ने उल्लेख गरिएको छ । यस आयोजनाले विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद बिक्री सम्झौता गरिसकेको कम्पनीका अध्यक्ष इन्द्रबहादुर थापाले जानकारी दिए ।

कम्पनीले भर्चुअल माध्यमबाट एकैपटक तीन आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनी गत आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को साधारणसभा सम्पन्न गरेको हो । सभाले लाभांशसहितका विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । कम्पनीले २०७७ असार सम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजीको चार दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद गरी कूल पाँच प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

सो प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको हो । कम्पनीले आइपिओ निष्काशन गरेपछि पहिलोपटक लाभांश प्रस्ताव गरेको हो । यसैगरी सभाले उल्लेखित आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संशोधित नियमावली र प्रबन्धपत्रमा कुनै फेरबदल गर्नु परे सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्ताव पारित गरेको छ ।

शेयर धनीलाई प्रदान गरिने लाभांश दरले निरन्तरता पाओस् भन्ने उद्देश्यले शेयरधनीको मागबमोजिम नै व्यवसाय बढाउनको लागि नयाँ आयोजनामा लगानी गर्ने निर्णय गरिएको कम्पनीका अध्यक्ष थापा बताछन्। उनले आगामी वर्षमा लाभांश दर बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । कम्पनीले हाल दोलखामा १० मेगावाटको सिप्रिन खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । रासस

वि.सं.२०७७ पुस २२ बुधवार १६:४१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...