back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए ५२२ कोरोना संक्रमित, ५७८ निको, ८ जनाको मृत्यु

वि.सं.२०७७ पुस २१ मंगलवार

699 

shares

२१ पुस, काठमाडौं । नेपालमा आज ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ५५१ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका २३२ जनासहित देशैभरी ५२२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १८४ र ३३८ जना पुरुष रहेका छन् ।

संक्रमित थपिनेमा प्रदेश १ मा ३० जना, प्रदेश २ मा ५ जना, बागमती प्रदेशमा २८१ जना, गण्डकी प्रदेशमा ८९ जना, लुम्बिनी प्रदेशमा ७२ जना, कर्णालीमा १ जना र सुदूरपश्चिम प्रदेशमा ४४ जना रहेका छन् ।

आज थपिएका ५२२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ५७८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५७८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ । निको हुनेको यो दर ९७.३ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८९३ पुगेको छ ।

आज ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना निको, ७ जनाको मृत्यु

वि.सं.२०७७ पुस २१ मंगलवार १६:४० मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...