back
CTIZAN AD

निष्ठाको बाटोबाट हिँडेर जितको यात्रा गर्न नेकपाका नेताहरुको जोड

वि.सं.२०७७ पुस २१ मंगलवार

843 

shares

२१ पुस, काठमाडौं । सोनाम साथी (शशि शेरचन) को सिद्धान्त, विचार र व्यवहारको संयोजनलाई उदाहरणका रुपमा लिदै निष्ठाको बाटोबाट हिँडेरेै जितको यात्रा गर्न नेकपाका नेताहरुले जोड दिएका छन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्धारा केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित श्रद्धान्जलि सभामा बोल्ने नेताहरुले स्वनाम कम्युनिष्ट आन्दोलनमा सधै अमर रहने बताएका छन् ।

 

कार्यक्रममा प्रमुख वक्ता रहेका अध्यक्ष माधव कुमार नेपालले व्यक्तिवाद कम्युनिष्ट आन्दोलनको शत्रु भएको भन्दै स्वनामको जीवन, व्यवहार अनुकरणीय भएको र केपी ओलीको शैली घोर व्यक्तिवादी भएको धारणा राखेका थिए । उनले धुलोछापको बाटोमा हिँडेका केपी ओलीलाई अधिनायकवादी भएको आरोप लगाउँदै पद र लालसाबाट जोगिन क्रान्तिकारीहरुलाई अनुरोध गरेका थिए । उनले सोनामलाई सम्झदै निष्ठाको बाटोबाट हिँडे जितको यात्रा हुने समेत बताएका थिए ।

Image may contain: 2 people, including Swanaam Saathii

कार्यक्रमको सभापतित्व समेत गरेका सो पार्टीका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले स्वनाम साथीलाई आर्दश साम्यवादीको रुपमा बुझेको बताउँदै स्वनामको सिद्धान्तनिष्ठ क्रान्तिकारिता, आलोचनात्मक क्रान्तिकारिता तथा सुसंस्कृत र सिर्जनात्मक आलोचनाबाट आफुले धेरै सिकेको बताएका थिए ।

सरल जीवन, मजदुर र श्रमजीवीमैत्री सभ्यता,विज्ञान–प्रविधि र आविस्कार सँगै माक्र्सवादको समायोजन, पूर्विय दर्शनमा भएका ध्यान र योगा लगायतको सकारात्मक पक्ष, ठिक लागेको कुरो व्यवहारमा उतार्ने व्यक्ति लगायतका विषयमा प्रष्ट पारेका थिए । नेता श्रेष्ठले स्वनामले व्यक्तिगत जीवनको एउटा कुरामा भने सम्झौता गरेको (विवाह नगरी लिभिङ टुगेदर बस्ने अठोटलाई छोडेर विवाह गरेको) बताउँदै उनले पार्टी र आन्दोलनका साथीहरुको तथा परिवारको सुझावमा विहे गरेको बताएका थिए ।  नेपाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा स्वनामको बहुआयामिक र विशिष्ट प्रतिभायुक्त क्षमता बारे उनले बोलेका थिए । स्वनामलाई सम्झिदा बर्तमान परिस्थिति पनि जोडिएको बताउँदै उनले अराजकतावादी भद्धा व्यक्तिवादले थोपरेको प्रतिगमनका विरुद्ध लड्न र पुर्णरुपमा परास्त गर्न सबै जुट्नुपर्ने समेत बताएका थिए ।

कार्यक्रममा नेकपाको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहोराले स्वनाम माक्र्सवादको ज्ञाता रहेको र एकतामैत्री रहेको बताउँदै पंचायतकालमा डा. भरत प्रधानमार्फत् भेटेर लामो बैचारिक बहश गरेको स्मरण गराएका थिए । उनको सम्मान ओठेभक्तिले होइन विचार र व्यवहारले हुनुपर्ने बोहोराको भनाई थियो ।

कार्यक्रममा सो पार्टीकी केन्द्रीय सदस्य तथा माक्र्सिय गुरुकुलकी कोषाध्यक्ष सीता पोखरेलले सामुहिकतामा खडेरी पर्दै गएको बेला स्वनाम गुमाउनुको पीडा भावनात्मक रुपले अभिव्यक्त गरेकी थिइन् । सुनको थालमा भात खाने हैसियत भएका स्वनामको सर्वहारावर्गिय चरित्र, सभ्यता र संस्कृतिको सहि मूल्यांकन नगरिएको प्रति उनले रोष प्रकट गरेकी थिइन् । कम्युनिष्टहरु विग्रिएको र भत्किदै गएको टिप्पणी पनि उनले गरेकी थिइन् ।

कार्यक्रममा सोहि पार्टीका केन्द्रीय सदस्य कुमार पौडेलले समाजवादलाई सांस्कृतिक रुपमा लिइनुपर्ने बताउँदै स्वनामसँगको लामो सहयात्राबारे संक्षिप्त भनाई राखेका थिए । उनले सिद्धान्त र व्यवहारलाई आचरणमार्फत् प्रस्तुत गर्ने स्वनामबाट आफू लगायत धेरैलाई गहिरो प्रभाव पारेको बताएका थिए ।

Image may contain: one or more people, people sitting, hat and outdoor

कार्यक्रमका अर्का वक्ता तथा स्वनामका सहयोद्धा किशन शर्माले पछिल्ला दिनमा विभिन्न सामाजिक तथा राजनैतिक आन्दोलन उठाउन स्वनामले खेलेको भूमिकाका बारेमा चर्चा गर्दै कम्युन संस्कृति विरोधि हावाबाट आफू स्तव्ध भएको बताएका थिए । स्वनामले दिएका काम र जिम्मेवारी पूरा गर्ने अठोट उनले व्यक्त गरेका थिए ।

नेकपाका स्थायी समिति सदस्य मुकुन्द न्यौपाने,सुरेन्द्र पाण्डे,पेशल खतिवडा, गिरीराजमणि पोखरेल तथा नेतृ द्धय शसि श्रेष्ठ, रेखा शर्मा लगायतका नेता तथा कार्यकर्ताको उपस्थितिमा सम्पन्न सो श्रद्धान्जलि कार्यक्रममा प्रल्हाद बुढाथोकीले स्वनामको जीवनी पढेर सुनाएका थिए ।

 

वि.सं.२०७७ पुस २१ मंगलवार १६:५१ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...