back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा २१ पुस सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस २१ मंगलवार

795 

shares

२१ पुस, काठमाडौं । नेपालमा मंगलबार (२१ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ५७ हजार ५५४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार ५५१ सय नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ५,२२५ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३,५११ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १,७१४ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा २०३ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ७, बागमती प्रदेशमा ७४, गण्डकी प्रदेशमा ५२, लुम्बिनी प्रदेशमा ५३, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिममा ३ जना गरी जम्मा २०३ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ६ जना, लुम्बिनी प्रदेशमा १० जना कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १÷१ जना गरी जम्मा ४४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ३४२ जना रहेका छन् । साथै शून्य संक्रमित रहेको जिल्ला मुगु रहेको छ ।

आज थपिएका ५२२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । साथै आज ५७८ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज ८ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८९३ पुगेको छ

पछिल्लो २४ घण्टामा थपिए ५२२ कोरोना संक्रमित, ५७८ निको,८ को मृत्यु
नेपालमा आज ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ५५१ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका २३२ जनासहित देशैभरी ५२२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १८४ र ३३८ जना पुरुष रहेका छन् ।

संक्रमित थपिनेमा प्रदेश १ मा ३० जना, प्रदेश २ मा ५ जना, बागमती प्रदेशमा २८१ जना, गण्डकी प्रदेशमा ८९ जना, लुम्बिनी प्रदेशमा ७२ जना, कर्णालीमा १ जना र सुदूरपश्चिम प्रदेशमा ४४ जना रहेका छन् ।

आज थपिएका ५२२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ५७८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५७८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ । निको हुनेको यो दर ९७.३ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८९३ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १७७४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा ८५, प्रदेश २ मा ५२, बागमती प्रदेशमा ५२९ गण्डकी प्रदेशमा ३४९, लुम्बिनी प्रदेशमा ४५६, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिम प्रदेशमा २२५ जना गरी १७१४ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३,५११ जनाको उपचार भइरहेको छ ।

घट्दै छ नेपालमा कोरोना संक्रमितको संख्या, सक्रिय संक्रमित ५२८९ मात्रै, हेर्नुहोस् हालसम्मको अन्य अपडेट

वि.सं.२०७७ पुस २१ मंगलवार १७:०९ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...