back
CTIZAN AD

घट्दै छ नेपालमा कोरोना संक्रमितको संख्या, सक्रिय संक्रमित ५२८९ मात्रै, हेर्नुहोस् हालसम्मको अन्य अपडेट

वि.सं.२०७७ पुस २० सोमवार

750 

shares

२० पुस, काठमाडौं । नेपालमा सोमबार (२० पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ५२ हजार ९०३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार ४०१ सय नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ५,२८९ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३,५१५ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १,७७४ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा २०९ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ७, बागमती प्रदेशमा ६८, गण्डकी प्रदेशमा ६२, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिममा ७ जना गरी जम्मा २०९ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा १० जना कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १÷१ जना गरी जम्मा ३४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ३४२ जना रहेका छन् । साथै शून्य संक्रमित रहेको जिल्ला मुगु रहेको छ ।

आज थपिएका ४०३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । साथै आज ५९४ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज ७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८८५ पुगेको छ

आज ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना निको, ७ जनाको मृत्यु

नेपालमा आज ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ४०१ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १८५ जनासहित देशैभरी ४०३ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १५९ र २४४ जना पुरुष रहेका छन् ।

संक्रमित थपिनेमा प्रदेश १ मा १३ जना, प्रदेश २ मा १६ जना, बागमती प्रदेशमा २२१ जना, गण्डकी प्रदेशमा ४५ जना, लुम्बिनी प्रदेशमा ७० जना र सुदूरपश्चिम प्रदेशमा ३८ जना रहेका छन् ।

आज थपिएका ४२१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ५९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५९४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५५ हजार ८८ पुगेको छ । निको हुनेको यो दर ९७.३ प्रतिशत हो ।
७जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८८५ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १७७४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा ७८, प्रदेश २ मा ५३, बागमती प्रदेशमा ६०४ गण्डकी प्रदेशमा २८८, लुम्बिनी प्रदेशमा ४६०, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा २६४ जना गरी १७७४ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३,५१५ जनाको उपचार भइरहेको छ ।

यस्तो छ नेपालमा पुस १९ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस २० सोमवार १७:०८ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...