back
CTIZAN AD

यस्तो छ नेपालमा पुस १९ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस १९ आइतवार

630 

shares

१९ पुस, काठमाडौं । नेपालमा आइतबार (१९ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ४८ हजार ५०२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५ हजार ८ सय नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ५,४८७ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३,५२१ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १९६६ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १९९ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ७, बागमती प्रदेशमा ७०, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ४९, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिममा ३ जना गरी जम्मा १९९ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा २ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी प्रदेशमा ८ जना कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १÷१ जना गरी जम्मा ३५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ३६७ जना रहेका छन् । साथै शून्य संक्रमित रहेको जिल्ला मुगु रहेको छ ।

आज थपिएका ४२१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । साथै आज ६३७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज ८ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८७८ पुगेको छ

२४ घण्टामा थपिए ४२१ कोरोना संक्रमति,६३७ जना निको, ८ को मृत्यु
नेपालमा आज ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार ८०० वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १९७ जनासहित देशैभरी ४२१ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १७५ र २४६ जना पुरुष रहेका छन् ।
संक्रमित थपिनेमा प्रदेश १ मा २६ जना, प्रदेश २ मा ४ जना, बागमती प्रदेशमा ३०७ जना, गण्डकी प्रदेशमा ३२ जना, लुम्बिनी प्रदेशमा ३६ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् ।

आज थपिएका ४२१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ६३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६३७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । निको हुनेको यो दर ९७.२ प्रतिशत हो ।

त्यस्तै आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८७८ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १९६६ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा ९१, प्रदेश २ मा ३६, बागमती प्रदेशमा ७०६ गण्डकी प्रदेशमा २९७, लुम्बिनी प्रदेशमा ४६७, कर्णाली प्रदेशमा ३२ र सुदूरपश्चिम प्रदेशमा ३३७ जना गरी १९६६ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३,५२१ जनाको उपचार भइरहेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा १८ पुससम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस १९ आइतवार १७:०९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...