back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा १८ पुससम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस १८ शनिवार

801 

shares

१८ पुस, काठमाडौं । नेपालमा शनिबार (१८ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ४२ हजार ७०२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५ हजार नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ५,७११ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३,४७७ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २२३४ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा २१८ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ८, बागमती प्रदेशमा ८४, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ५४, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिममा ३ जना गरी जम्मा २१८ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ३ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी प्रदेशमा ८ जना कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १\१ जना गरी जम्मा ३६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ३६७ जना रहेका छन् । साथै शून्य संक्रमित रहेको जिल्लाहरुमा मुगु रहेको छ ।

त्यस्तै आज थपिएका ४१९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । साथै आज ७५० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८७० पुगेको छ ।

आज देशैभरी ४१९ जनामा कोरोना संक्रमण, ७५० जना निको, ६ जनाको मृत्यु
नेपालमा आज ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १५४ जनासहित देशैभरी ४१९ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १७४ र २४५ जना पुरुष रहेका छन् ।

त्यसैगरी प्रदेश १ मा ३४ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा १८९ जना, गण्डकी प्रदेशमा ६२ जना, लुम्बिनी प्रदेशमा ६९ जना, कर्णाली प्रदेशमा ६ जना र सुदूरपश्चिम प्रदेशमा ५७ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ४१९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ७५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७५० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । निको हुनेको यो दर ९७.१ प्रतिशत हो ।

त्यस्तै आज कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८७० पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ हजार २३४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा ८६, प्रदेश २ मा ३६, बागमती प्रदेशमा ७५२ गण्डकी प्रदेशमा ३६०, लुम्बिनी प्रदेशमा ५५७, कर्णाली प्रदेशमा ३८ र सुदूरपश्चिम प्रदेशमा ४०५ जना गरी २,२३४ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३,४७७ जनाको उपचार भइरहेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस १८ शनिवार १८:२८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...