१७ पुस, काठमाडौं । नेपालमा शुक्रबार (१७ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ३७ हजार ७०२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५,२२५ हजार नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ६,०४८ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३,१५८ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २,८९० रहेको छ ।
त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा २३४ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १३, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ६० लुम्बिनी प्रदेशमा ५५, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिममा ३ जना गरी जम्मा २३४ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा ३ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा ५ जना, लुम्बिनी प्रदेशमा ६ जना कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १÷१ जना गरी जम्मा ३५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ३६७ जना रहेका छन् । साथै शून्य संक्रमित रहेको जिल्लाहरुमा मुगु र महोत्तरी रहेका छन् ।
त्यस्तै आज थपिएका ४२६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । साथै आज ७४८ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज ८ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८६४ पुगेको छ ।
आज देशैभरी ४२६ जनामा कोरोना संक्रमण, ७४८ जना निको, ८ जनाको मृत्यु
नेपालमा आज ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५,२२५ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १६७ जनासहित देशैभरी ४२६ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १५३ र २७३ जना पुरुष रहेका छन् ।
त्यसैगरी प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ८ जना, बागमती प्रदेशमा २०५जना, गण्डकी प्रदेशमा ३९ जना, लुम्बिनी प्रदेशमा ८० जना, कर्णाली प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा ५६ जना संक्रमित थपिएका हुन् ।
आज थपिएका ४२६ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ७४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७४८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५३ हजार १०७ पुगेको छ । निको हुनेको यो दर ९७ प्रतिशत हो ।
त्यस्तै आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज थपिएका ८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८६४ पुगेको छ ।
कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ हजार ८९० जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १४६, प्रदेश २ मा ३४, बागमती प्रदेशमा १,३७६ गण्डकी प्रदेशमा ३२८, लुम्बिनी प्रदेशमा ५७३, कर्णाली प्रदेशमा ६३ र सुदूरपश्चिम प्रदेशमा ३७० जना गरी २,८९० जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३१५८ जनाको उपचार भइरहेको छ ।
हेर्नुहोस् यस्तो छ नेपालमा पुस १६ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ पुस १७ शुक्रवार १६:५६ मा प्रकाशित






























