back
CTIZAN AD

राष्ट्रिय सभामा दिनानाथ शर्माले भने – पार्टी विभाजनले मेरो मुटु चिरिएको छ

वि.सं.२०७७ पुस १७ शुक्रवार

786 

shares

पुस १७, काठमाडौं । राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले आफ्नो मुटु फुटेको, चिरिएको बताएका छन् । शुक्रबारदेखि सुरु राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै पार्टी विभाजनको घटनाले आफ्नो मुटु चिरिएको बताए ।

‘पार्टी विभाजन भएको र प्रतिनिधि सभा विघटन भएको राष्ट्रिय राजनीतिको यस घडिमा हामी राष्ट्रिय सभामा उपस्थित भएका छौं’, राष्ट्रिय सभामा बोल्दै शर्माले भने, ‘पार्टी विभाजनको यो संघारमा आउँदा खेरि मैंले मेरो मुटु फुटेको, मुटु चिरिएको अनुभव गरेको छु ।’

शर्माले आफ्नो राजनीतिक जीवनमै नेकपा विभाजनले निकै पीडा अनुभव गरेको बताए । ‘विगतका फुटहरुमा यति दुःख मैंले अनुभूति गरेको थिइन् तर, यसले अहिले निकै पीडा भएको छ’, उनले भने ।

उनले आफ्नो पार्टी विभाजित भएपनि औपचारिक विभाजन भईनसकेको बताए । ‘हाम्रो पार्टी विभाजित भएको छ, विभाजनको संघारमा छ, यद्यपी विभाजनको घोषणा नभएपनि पार्टी विभाजनको संघारमा छ’, उनले भने ।

शर्माले नेता बामदेव गौतम पार्टी एकतालाई जोड्न अझैपनि प्रर्यत्नशील रहेको भन्दै उनीप्रति कृतज्ञता व्यक्त गरे । शर्माले बामदेव गौतमलाई उनको लक्ष्यप्रति शुभकामना पनि दिएका छन् ।

वि.सं.२०७७ पुस १७ शुक्रवार १७:०० मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...