back
CTIZAN AD

नयाँ बसपार्कभित्र ‘पेट्रोल पम्प’ स्थापना

वि.सं.२०७७ पुस १८ शनिवार

783 

shares

१८ पुष, काठमाडौँ । गोँगबुस्थित नयाँ बसपार्कमा ‘पेट्रोल पम्प’ स्थापना गरिएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले बसपार्क हाताभित्र ‘पेट्रोल पम्प’ स्थापना गरेको हो । उक्त पम्प आगामी हप्ताभित्र सञ्चालनमा आउने ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए ।

विसं २०६१ देखि पायोनियर फ्युल एण्ड लुव्रिकेन्ट कम्पनीमार्फत डिजेल मात्र बिक्री वितरण गर्दै आएको ल्होत्सेले पहिलो पटक पेट्रोल बिक्री वितरण शुरु गर्न लागेको हो । उक्त पम्पले हाल चारवटा मेसिनबाट सवारी साधनमा डिजेल भर्दै आएको छ ।

नयाँ बसपार्कमा एक लाख १२ हजार लिटर इन्धन भण्डारण क्षमता रहेको छ । जसमा हाल चारवटा मेसिनले २० हजार लिटरका दरले सवारी साधनमा इन्धन भर्दै आएका छन् । पेट्रोल पम्पको क्षमता भने १६ हजार लिटर क्षमता रहेको मल्लले बताए । कूल १६१ रोपनी क्षेत्रफल रहेको नयाँ बसपार्क नेपालको एक मात्र राष्ट्रिय बसपार्क हो । यहाँबाट हाल दैनिक एक हजारदेखि एक हजार ५०० सार्वजनिक सवारी साधन यात्रु बोकेर देशभरका ५० भन्दा बढी जिल्लामा आवतजावत गर्दै आएका छन् ।

वि.सं.२०७७ पुस १८ शनिवार १९:५३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...