back
CTIZAN AD

मानवअधिकारवादी नेता कृष्ण पहाडी भन्छन् – ओली देशलाई गृहयुद्धतर्फ धकेल्न उद्धत छन्

वि.सं.२०७७ पुस २० सोमवार

978 

shares

पुस २०, काठमाडौं । चर्चित मानवअधिकारवादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्धतर्फ लैजान खोजेको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘यो एउटा मानिसले धैर्य गुमाएको परिणाम हो, यो खड्गप्रसाद जीको सनकको परिणाम, उहाँले देशलाई गृहयुद्धतर्फ धकेल्दै हुनुहुन्छ’, उनले भनेका छन् ।

उनका अनुसार ओलीले निम्ताएको परिस्थितिले देश नै रहने कि नरहने जस्तो अवस्था आएको बताए । ‘जननिर्वाचित निकाय ध्वस्त भएको अवस्थामा र राजनीतिक रिक्तता भएको अवस्थामा सबै खेल्नेहरुले ठाउँ पाउँछन, यस्तो उत्तर र दक्षिणतर्फबाट तानातान हुँदा हाम्रो एउटा हात चुँडिएर जान सक्छ’, उनले भने ।

पछिल्लो पटकको संसद विघटनबाट विश्व झनै चकित भएको पहाडीको कटाक्ष थियो । पार्टीको किचलोका कारण संसद बिघटन गरेको केपी ओलीको भनाईको कडा आलोचना समेत गरे ।

“संसदमा अविश्वासको प्रस्ताव आउछ भन्ने थाहा पाउनासाथ उनले संसद बिघटन गरे, आफ्नो पार्टीलाई पनि छोडेनन् र संसदलाई पनि छोडेनन्,” पहाडीको अगाडि भने, “सबै किसिमको संसदीय विकल्पको प्रावधान छोडेर उनले संसद बिघटन गरेका छन्, एकतिरबाट मात्रै ४० प्रतिशत भए पार्टी फुटाउन सक्ने जस्तो प्रावधान ल्याए, उनी मात्रै होइन माधब नेपाल र प्रचण्ड पनि यसका दोषी हुन् ।”

वि.सं.२०७७ पुस २० सोमवार १७:२४ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...