back
CTIZAN AD

आज ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना निको, ७ जनाको मृत्यु

वि.सं.२०७७ पुस २० सोमवार

723 

shares

२० पुस, काठमाडौं । नेपालमा आज ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ४०१ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १८५ जनासहित देशैभरी ४०३ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १५९ र २४४ जना पुरुष रहेका छन् ।

संक्रमित थपिनेमा प्रदेश १ मा १३ जना, प्रदेश २ मा १६ जना, बागमती प्रदेशमा २२१ जना, गण्डकी प्रदेशमा ४५ जना, लुम्बिनी प्रदेशमा ७० जना र सुदूरपश्चिम प्रदेशमा ३८ जना रहेका छन् ।

आज थपिएका ४२१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ५९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५९४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५५ हजार ८८ पुगेको छ । निको हुनेको यो दर ९७.३ प्रतिशत हो ।

आज ७जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिए ४२१ कोरोना संक्रमित,६३७ जना निको, ८ को मृत्यु

वि.सं.२०७७ पुस २० सोमवार १६:४४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...