२३ पौष, काठमाडौं । सानिमा बैंक लिमिटेडले पौष १ गतेबाट पौष १५ गते, बुधबारसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँड गरिएको छ ।
उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई पुस २१ गते मंगलबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, निष्कासनकर्ता कम्पनीको प्रतिनिधि तथा सर्वसाधारणहरुको उपस्थितिमा ऋणपत्र बाँडफाँड गरिएको हो ।
सो बाँडफाँटलाई पुस २२ गते बसेको बैंकको सञ्चालक समितिको बैंठकले अनुमोदन पनि गरिसकेको छ। बाँडफाँट सम्बन्धि विवरण आवेदकहरुले मेरो शेयरबाट हेर्न सकिने बैंकले जनाएको छ
बैंकले १० वर्ष अवधिको लागि ‘१०.२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गरेको थियो ।
यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
बैंकले जारी गरेको सुचना यस्तो छः

वि.सं.२०७७ पुस २३ बिहीवार १२:३८ मा प्रकाशित





























