२३ पुस, काठमाडौं । सोमबारदेखि देशका विभिन्न भागमा ह्वात्तै बढेको वायु प्रदूषण विराटनगरमा पनि उच्च रुपमा देखिएको छ ।
वायु प्रदूषणका कारण स्वास्थ्यमा पर्न सक्ने असर बारे सर्वसाधारणलाई सचेत गराउँदै विाटनगर महानगरपालिकाले आकस्मिक रुपमा निम्न कामगर्न अपिल गरेको छ ।
विहिबार एक अपिल जारी गर्दै महानगरले मर्निङवाकमा जाने वा घर बाहिर गएर शारिरीक व्यायाम गर्न केही दिनका लागि रोक्न अनुरोध गरेको छ ।
त्यस्तै फोहोरको उचित व्यवस्थापन गरी फोहोर जलाउने काम बन्द गर्न तथा कसैले फोहोर जलाउने काम गरेको छ भने निरुत्साहित गरी बन्द गर्न लगाउनलगायतका अपिल गरेको छ ।

वि.सं.२०७७ पुस २३ बिहीवार १२:४५ मा प्रकाशित






























