back
CTIZAN AD

माघे सङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्ने चटारो

वि.सं.२०७७ पुस २३ बिहीवार

2.4K 

shares

२३ पौष, सर्लाही । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा सर्लाहीको पश्चिम क्षेत्रका किसानलाई तरुल खन्ने र बेच्ने चटारो परेको छ ।

गत वर्षको भन्दा यस वर्ष तरुलको मूल्य राम्रो भएकाले चाँडै तरुल खनेर बिक्री गर्न किसानलाई हतार भएको हो । व्यापारीले व्यावसायिक रुपमा तरुल खेती गरिएका किसानको खेतबारीमै पुगेर तरुल खरिद गर्न थालेपछि उनीहरु उत्साहित भएका हुन् । माघे सङ्क्रान्ति आउन एक हप्ता बाँकी भए पनि अन्यत्र निकासीका लागि अहिलेदेखिनै खन्न थालिएको किसानले बताएका छन् ।

जिल्लाको कर्मैया, जिरायत, बरहथवा, हजरिया, राजघाट र शङ्करपुरलगायतका क्षेत्रमा व्यावसायिक रुपमा तरुलखेती गरिन्छ । तरुल खेतीबाट यहाँका किसानले वर्षेनी मनग्य आम्दानी गर्दै आएका छन् । यो वर्ष आफूले १७ कठ्ठामा लगाएको तरुल रु दुई लाख १५ हजारमा बिक्री गरिसकेको बागमती नगरपालिका–१०, शङ्करपुरका किसान मोहन लुम्रे मगरले बताए । किसानको खेतमै व्यापारी पुगेर तरुल किन्ने गरेका कारण किसानले आफैले मजदूर लगाउनुपर्ने समस्या समाधान भएको किसानको भनाइ छ ।

यो वर्ष प्रतिकठ्ठा रु १५ देखि २० हजारसम्ममा तरुल बिक्री भइरहेको बागमती नगरपालिका–५ राजघाट टेकानीका किसान शिव पुलामीले बताउनुभयो । पुलामीले आफ्नो ६ कठ्ठाखेतमा लगाएको तरुल रु ९० हजारमा व्यापारीलाई बिक्री गरेको बताउनुभयो । व्यापारीले नै खनेर लैजाँदा किसानको ज्याला पनि बच्ने गरेको उहाँको भनाइ छ ।

जिल्लाका किसानले फलाएको तरुल बढी मात्रामा काठमाडौँ लाने गरिएको व्यापारीले बताएका छन् । यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाडौँलगायत ठूला शहरबाट अत्यधिक माग आइरहेको बरहथवा नगरपालिका–५ का व्यापारी रामनाथ साहले बर्ताए। जिल्लाका किसानले पताले र रातो तरुल धेरै मात्रामा लगाउने गरेका छन् । यहाँको तरुल काठमाडौँ, पोखरा, वीरगञ्ज, इटहरीलगायत प्रमुख बजारसम्म पुग्ने गरेको व्यापारीको भनाइ छ ।

जिल्लामा करिब २५० हेक्टर क्षेत्रफलमा तरुल उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख कमलदेवप्रसाद कुशवाहाले जानकारी दिउ। उन्का अनुसार प्रतिहेक्टर १५ टनसम्म तरुल फल्ने गर्दछ ।

वि.सं.२०७७ पुस २३ बिहीवार १३:२५ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...