back
CTIZAN AD

सरोकारवाला निकायले ध्यान नदिँदा, दुर्लभ वन्यजन्तुको चोरी बढ्दै

वि.सं.२०७७ पुस २५ शनिवार

744 

shares

२५ पुष, जाजरकोट । सरोकारवाला निकायले ध्यान नदिँदा जाजरकोटमा दैनिक दुर्लभ वन्यजन्तुको चोरी, निकासी बढेको छ । चोरी निकासी तथा शिकार गर्ने प्रवृत्ति बढे पनि सरोकारवाला निकाय मुखदर्शक भएको स्थानीयवासीको आरोप छ ।

प्रहरीचौकी नजिकै बन्दुकद्वारा भकाभक वन्यजन्तु मर्दासम्म खासै नियन्त्रणतर्फ ध्यान नगएको उनीहरुको आरोप छ । प्रहरी कार्यालयभित्र नै बन्दुक पट्काएको आवाज आउँदा पनि प्रहरीले ध्यान दिँदैनन् बारेकोट गाउँपालिका–४ का काली बस्नेतले बताए । बारेकोट गाउँपालिकाको जिरीमैना, पारामुल्साम, लुहाग स्याला, कोलल्यानी, सिल्पाचौर, लैखम, नलगाड नगरपालिकाको ऐराडी, नहकुली, गेरेनी, रावतगाउँ, ध्यारगाउँ, रग्दा, भगवती, कुशे गाउँपालिकाको पैक, अछार्नी, भेरी नगरपालिकाको डिङ्गा, तिमीलेलगायत स्थानको उच्च लेक तथा पाटन क्षेत्रमा दैनिक चोरी शिकार भइरहेको वन्यजन्तु संरक्षण अभियान्ता गोविन्द्रबहादुर सिंहको भनाइ छ ।

शिकारीले भरुवा बन्दुक, पासो थापेर र शिकारी कुकुरको प्रयोग गरेर जङ्गली जनावर मार्ने गरेका छन् । ‘‘गाउँमा घरेलु हतियार भरुवा बन्दुक छ्यापछ्याप्ती छन् यसतर्फ कसैको चासो छैन’’, सिंहले भने । जिल्लाका विभिन्न भेगमा पाइने बँदेल, रतुवा, भालु, घोरल, थार, खरायो, झारल, रेडपान्डा, कस्तुरी, डाँफे, कालिजलगायत जङ्गली जनावर तथा पक्षीको दिन प्रतिदिन चोरी शिकारी बढेको छ । वन एकाइमा कार्यरत वन प्राविधिक तथा प्रहरीले चोरी शिकारी नियन्त्रणमा ध्यान दिन नसकेको नलगाड–४ का गोविन्द्र वलीले बताए ।

डिभिजन वन कार्यालय जाजरकोटका निमित्त डिभिजन प्रमुख पूर्णबहादुर चन्दले चोरी शिकार नियन्त्रण गर्न डिभिजन वन कार्यालयले काम गरिरहेको बताए । अतिक्रमण, डढेलो, चरिचरनलगायत कारण वन विनाश बढेपछि पनि जङ्गली जनावर तथा पक्षीको वासस्थानसमेत नष्ट हुँदै गएको छ ।

वि.सं.२०७७ पुस २५ शनिवार ११:३९ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...