२५ पौष, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल अर्थोपेडिक हस्पिटलबीच बैंकिङ् सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।
यस सम्झौता अन्तर्गत नेपाल अर्थोपेडिक हस्पिटल आवद्ध चिकित्सक तथा स्थायी कर्मचारीहरुलाई बैंकले १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गर्नेछ ।
आयोजित कार्यक्रममा बैंक प्रमुुख जोखिम अधिकृत निर्मल कुमार श्रेष्ठ र हस्पिटलका मेडिकल डाइरेक्टर डा.युवराज खरेलले हस्ताक्षर गरेका छन् । बैंकका सेवाग्राहीहरु, खातावालाहरु, संस्थापक शेयरधनीहरु, कर्मचारी तथा कर्मचारीका परिवारलाई हस्पिटलमा उपचार गराउँदा बिशेष छुटको ब्यवस्था
रहेको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
वि.सं.२०७७ पुस २५ शनिवार ११:३१ मा प्रकाशित






























