back
CTIZAN AD

ग्रिनिङ रोगले सुन्तला बगैँचा खाली हुँदै

वि.सं.२०७७ पुस २५ शनिवार

639 

shares

२५ पुष, सल्यान । सल्यानमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । उपचार नै नभएको ग्रिनिङ रोग फैलिन थालेपछि सुन्तलाका बगैँचासमेत खाली हुने अवस्थामा पुग्न थालेका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका बागचौर नगरपालिका–८ मा रहेका अधिकांश कृषकका सुन्तलाका बोट सुक्न थालेका छन् । आम्दानीको राम्रो स्रोतको रुपमा रहेका सुन्तलाका बोट नै धमाधम सुक्न थालेपछि उनीहरुको व्यवसाय नै सङ्कटमा पर्न थालेको छ ।

पन्ध्र वर्ष अघिदेखि सुन्तला खेती गर्दै आएकी बागचौर नगरपालिका–८ कि कृषक पवित्रा योगीका अनुसार बगैँचामा सुन्तलाका बोटका हाँगा सुक्ने, फल नलाग्ने तथा लागेको फल पनि स्वस्थ्य नहुने समस्या देखिएको बताउँछन् । “पोहोर साल रु १७ लाखभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको हो तर यो वर्ष रु तीन लाख हुनु अवस्था छैन फलेको सुन्तला पनि अहिलेसम्म पाकेको छैन”, पवित्राले भने ।

जिल्लाकै ठूला सुन्तला उत्पादन व्यवसाय गर्दै आएका भरतनाथ योगीका बगँैचामा समेत सुन्तलाका बोट सुक्न थालेका छन् । उत्पादन लिने समयमा बोट नै मर्न थालेपछि आफूहरु चिन्तित भएको कृषक भरतनाथ योगीले बताए । “बगैँचामा सुन्तलाका दुई हजारभन्दा बढी बोट छन् अहिले ग्रिनिङका कारण १५० भन्दा बढी बोट सुकेका छन् । यो रोग छिटो फैलिने हुँदा पनि उत्पादिन लिने बेला चिन्तित बनाउन थाल्यो”, उनले भने, । गत वर्ष रु २७ लाख बढीका सुन्तला बिक्री गरेकामा यो वर्ष रु सात लाख ननाघ्ने अवस्था रहेको उहाँको भनाइ छ ।

सिङ्गो गाउँमा नै व्यावसायिक सुन्तला खेती गर्दै आएका कृषक सुन्तलाका बोट नै सुक्न थालेपछि निराश हुन थालेको बागचौर नगरपालिका–८ का प्रकाश डाँगीले जानकारी दिए । “जलवायु परिवर्तनको कारणले पनि होला सुन्तलाका बोट सुक्न थालेका छन् भने फल पनि राम्ररी लागेको छैन । बोटको तलतिर सुक्दै जान थालेपछि सुन्तला उत्पादन घटन थालेको छ”, डाँगीले भने । जिल्लाका सुन्तला पकेट क्षेत्रको रुपमा रहेका धेरै स्थानमा ग्रिनिङ रोगको समस्या देखिन थालेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

सुन्तलाको क्यान्सरको रुपमा चिनिने यो रोग हावाका माध्यमबाट फैलिने भएकाले छिट्टै सुन्तलाका बोटमा समस्या देखिने कृषि विकास कार्र्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए । “सुन्तलामा यो रोग देखा परेपछि गत आर्थिक वर्षको तुलनामा २५ प्रतिशतसम्म सुन्तला उत्पादनमा कमी आएको छ”, बस्नेतले भने । यो रोगको उपचार नहुने भएकाले पनि ठूलो समस्याको रुपमा रहेको उनको भनाइ छ । “जलवायु परिवर्तनका कारण अहिले सुन्तला तल्लो क्षेत्रतिर विस्तारै यो रोगको कारण सुक्दै गएको र अलि चिसो क्षेत्रतिर भने सुन्तला राम्रो हुँदै गएको छ”, बस्नेतले भने ।

यो रोगका काराण सुन्तलाका हाँगा सुक्ने, जरा कुहिने तथा फलसमेत राम्रो र उत्पादन दिन नसक्ने भएकाले उत्पादन घट्ने कार्यालयको भनाइ छ । सल्यानमा एक हजार ५०० बढी हेक्टरमा सुन्तला खेती गरिँदै आएको छ । गत आर्थिक वर्षमा मात्रै सल्यानबाट १० हजार ६९० मेट्रिक टन सुन्तला निर्यात भएको कार्यालयले जनाएको छ । गत वर्ष जिल्लाबाट पाँच करोड ४० लाख बढीको सुन्तला निर्यात भएकामा यो वर्ष भने उत्पादनमा कमी आउने देखिएको छ ।

“असोज महिनामा बढी पानी परेका कारण सुन्तलामा रस बढी भएको कारणले पाक्न ढिला भएको र बजारमा भारतीय सुन्तला आइसकेको हुनाले यो वर्ष सुन्तलाले त्यति मूल्य पाउन नसक्ने अवस्था छ”, सूचना अधिकारी बस्नेतले भने । गत वर्ष औसतमा रु ५१ प्रतिकेजी मूल्य रहेकामा यो वर्ष रु ४० प्रतिकेजीसम्म आउने उनको भनाइ छ ।

सल्यानका बागचौर नगरपालिकाको ८ र ९ छत्रेश्वरी गाउँपालिकाको १ र २ र त्रिवेणी गाउँपालिकाको ३ नम्बर वडामा करीब ७५० कृषकले व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् । लटरम्म पाकेर पहँेलै भएका सुन्तलाका बगैँचा अब यो रोगको नियन्त्रणको उपाय अपनाउन नसकिए केही समयमै उजाड बाँझो बस्तीमा परिणत हुने निश्चित छ ।

वि.सं.२०७७ पुस २५ शनिवार ११:१८ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...