back
CTIZAN AD

झापामा दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

वि.सं.२०७७ पुस २५ शनिवार

531 

shares

२५ पौष, झापा । पन्ध्र स्थानीय तहमध्ये जिल्लाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन् ।

छ पालिकाकाका दुई लाख २०९ जनाले परिचयपत्र लिइसकेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । दुई वर्षअघि शुरु गरिएको परिचयपत्र वितरण कार्य कोडिभ–१९ का कारण डेढ महिना प्रभावित भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले शुक्रबारदेखि गाउँपालिकामा पनि परिचयपत्र वितरण शुरु गरेको बताए ।

चार लाख ९० हजार बढीलाई परिचयपत्र वितरण गर्ने उद्देश्य राखेर शुरु गरेको झापामा आधाभन्दा बढीले लिइसकेको उनले बताए । उनका अनुसार अर्जुनधारा नगरपालिकामा ३० हजार ८७७, शिवसताक्षीमा ३५ हजार ७७६, भद्रपुरमा २१ हजार ५८७, दमकमा ३२ हजार ६९९, विर्तामोडमा ३४ हजार ४७१ कन्काइमा २६ हजार ३४८ ले परिचयपत्र लिइसकेका छन् ।

“कोरोना महामारीका कारण असर पुग्यो, नत्र सबै पालिकामा यतिबेला परिचयपत्र वितरण गरिसकिन्थ्यो”, सहायक प्रजिअ पाण्डेले भने, “पालिकाका वडामा दैनिक छदेखि आठ वटा टोलीले काम गरिरहेको छ चाँडै सकिन्छ ।” छुटेका व्यक्तिले चन्द्रगढीमा रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनको कार्यालयबाट लिन सकिने उनले जानकारी दिए । झापापछि टोली मोरङ जाने उनको भनाइ छ ।

आफूले पाएको सुरक्षा भत्ता अपाङ्गता अक्षयकोषलाई

मेचीनगर नगरपालिका–९ की २८ वर्षीया सिर्जना कट्टेलले आफूले पाएको सुरक्षा भत्ता समाज सुधार अपाङ्ग सहयोग समिति इँटाभट्टालाई शुक्रबार हस्तान्तरण गरेका छन । उनले आफ्ना स्व हजुरबुबा, हजुरआमा डिल्लीराम कट्टेल र कौशिलादेवी कट्टेलको स्मृतिमा आफूले पाएको १३ महिनाको सामाजिक सुरक्षा भत्ताबापतको रकम समितिका अध्यक्ष धर्मराज घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।

उहाँले सो रकम शारीरिकरुपमा अपाङ्गता भएका बालबालिकाको पालनपोषण र शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले समितिले स्थापना गरेको अक्षयकोषमा जम्मा गर्न आग्रह गरेको छन्। आफूले पाएको सुरक्षा भत्ताबापतको सबै रकम यसरी सामाजिकरुपमै खर्च गर्ने उनको भनाइ छ । “आर्थिकरुपमा विपन्न र अशक्तलाई भविष्यमा पनि सहयोग गर्छु”, उनले भने । उनले आफू ‘ग’ वर्गको अपाङ्गता भएकाले सरकारबाट सुरक्षा भत्ताबापत मासिक रु एक हजार ६०० पाउँदै आएको बताए । रासस

वि.सं.२०७७ पुस २५ शनिवार ११:०७ मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...