back
CTIZAN AD

अमेरिका उड्ने तरखरमा रहेका एक इन्जिनियर दम्पती मृत फेला परे

वि.सं.२०७७ पुस २५ शनिवार

648 

shares

२५ पुष, काठमाडौ । काठमाडौंको टोखामा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् ।

टोखास्थित ग्रिन भिल्ला कोलोनीमा सुदीक्षा गिरी र उमेश केसी मरेको अवस्थामा फेला परेका हुन् । उमेशको शव ग्रिन भिलास्थित आफ्नै कोठाभित्र पल्टिरहेको र उनकी पत्नी सुदीक्षा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिएका छन् ।

विष्टका अनुसार दुवैको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

घटना नजिक रगतले लतपतिएको सिलौटो भेटिएकोले उमेशको हत्या त्यही सिलौटोले हानेर गरेको हुन सक्ने प्रहरीको अनुमान छ । सुदीक्षाले सिलौटाले हिर्काएर उमेशको हत्या गरेपछि आफू झुन्डिएको हुन सक्ने डीएसपी विष्टले बताए । उनीहरु दुवै जना इन्जिनियर रहेको बताइएको छ ।

उमेश र सुदीक्षा दुवै केही महिना अघि मात्र अमेरिकाबाट नेपाल फर्किएका उनीहरु पुनः उड्ने तयारीमा रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरुको १४ जनवरीको टिकट समेत रहेको जानकारी खुलेको छ ।

अमेरिकाबाट फर्किएपछि उनीहरु टोखास्थित ग्रयाण्डी भिलामा भाडामा बस्दै आएका थिए । सुर्खेत घर भएका उनीहरुबीच केही दिनयता विवाद बढेको थियो ।

तथापी, घटनाबारे थप अनुसन्धान भइरहेको र यसबारे विस्तृत विवरण भने पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ ।

वि.सं.२०७७ पुस २५ शनिवार १४:२० मा प्रकाशित

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...