२६ पुस, काठमाडौं । निरन्तर रुपमा घटबढ भइरहेको सुनको मूल्य आज २३ सय रुपैँयाले घटेको छ ।
शुक्रबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २३ सय रुपैँयाले घटेर प्रतितोला ९३ हजार रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन पनि २३ सय रुपैँयाले प्रतितोला ९२ हजार ५ सय रुपैँयामा कारोबार भइरहेको छ ।
आजको बजारमा चाँदीको मूल्य पनि ६० रुपैँयाले घटेर प्रतितोला १२७० रुपैँयामा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि.सं.२०७७ पुस २६ आइतवार १०:५८ मा प्रकाशित






























