२६ पुष, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) समूहको सचिवालय बैठक केही बेरमा बस्दैछ।
दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिवालयले जानकारी दिएको छ । पत्नी सीताको उपचारका लागि भारत गएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार फर्किएपछि सचिवालय बैठक बस्न लागेको हो।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा दुई समूहले छुट्टाछुट्टै बैठक गरिरहेका छन्। संसद विघटन भएर दुई समूहले छुट्टाछुट्टै बैठक गरेपछिको प्रचण्ड–माधव समूहको यो पहिलो सचिवालय बैठक हो ।
वि.सं.२०७७ पुस २६ आइतवार १५:०२ मा प्रकाशित






























