back
CTIZAN AD

सांसद पन्तले भने-‘प्रधानमन्त्रीज्यू, गेस पेपर पढेर भएन संविधान पढ्नुहोस्’

वि.सं.२०७७ पुस २६ आइतवार

777 

shares

२६ पुस, काठमाडौं । राष्ट्रियसभाका सदस्य सांसद प्रकाश पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गेस पेपर नपढेर संविधान पढ्न सुझाव दिएका छन् ।

आइतबार राष्ट्रिसभामा प्रधानमन्त्रीको सम्बोधन पश्चात दिइएको एक मिनेटको समयमा नेपाली कांग्रेसका सांसद प्रकाश पन्तले संविधान च्यातेर निर्वाचन कसरी हुन्छ ? त्यो त नहर भत्काएर रोपाइँ गर्न जा भनेजस्तो भएन र भन्ने प्रश्न गरेका थिए ।

‘मृत्यु पर्यन्त आँखा दान गरेको यो त मर्ने चिज रहेछ भनेर त्यसलाई मारेरै आँखा निकालियो । संसदको विघटन पनि यस्तै भयो । संविधान च्यातेर निर्वाचन कसरी हुन्छ ? नहर भत्काएर रोपाइँ गर्न जा भनेजस्तो भएन, नहर नबनेसम्म रोपाइ हुन सक्तैन । संविधान बाँचे चुनाबमा जाउँला, चुनाव त राजाले पनि गर्छु भनेका थिए । जमिन खोजेको चित्र बाड्नु भयो, चुच्चे जमिन ल्याउन नसकेर संसद भंग गर्नु भएको हो ? जतिसुकै तर्क गरे पनि संसद विघटन अलोकतान्त्रिक र असंबैधानिक छ । गेस पेपर पढेर भएन प्रधानमन्त्रीज्यू संविधान पढ्नु पर्यो ।’ उनले प्रश्न गर्ने क्रममा भनेका थिए ।

उक्त क्रममा सांसद पन्त, जितेन्द्र नारायण देव, प्रमिला कुमारी र रमेशजंग रायमाझीले प्रधानमन्त्रीको सम्बोधन पश्चात प्रश्न गरेका थिए ।

वि.सं.२०७७ पुस २६ आइतवार १५:०४ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...