back

निर्मला सहित विभिन्न समयमा न्याय नपाएकाको फोटो प्रधानमन्त्रीलाई पार्सल

वि.सं.२०७७ पुस २६ आइतवार

165 

shares
RBB AD
NTC AD

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विभिन्न समयमा भएका घटना र त्यस घटनाको पिडितको याद दिलाउन उनीहरुको फोटो प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘पार्सल’ पठाएका छन्।

प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्त, उपचार नपाएर मृत्यु भएका धनुषाका राजु सदा र कीर्तिपुरको सडक पेटीमा शव भेटिएका धादिङका सूर्यबहादुर तामाङको फोटो पठाएका हुन् । उनले पडितको फोटोको साथमा संविधानको किताब पनि प्रधानमन्त्री ओलीलाई पठाएका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उनको उक्त कदम असम्बैधानिक रहेकाे भन्दै हाल काग्रेसले देश व्यापी प्रदर्शन गर्दै आईरहेको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले उक्त पार्सल प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलाललाई प्रधानमन्त्री ओलीलाई  पार्सल गर्नको लागि हस्तान्तरण गरेका थिए ।

वि.सं.२०७७ पुस २६ आइतवार १५:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

गण्डकी । रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यहीँ...

राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन...

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा...

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव...

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

काठमाडौं । सरकारले एकैपटक ४८ जना उपसचिवको सरुवा गरेको छ...

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...