back
CTIZAN AD

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

वि.सं.२०७७ पुस २६ आइतवार

723 

shares

पुस २६, काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् ।

नेपालको संविधानको धारा ९३ को २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चालू अधिवेशन पुष २६ गते आइतबारको दिन राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

‘नेपालका संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७७।०९।२६ को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन संवत २०७७ साल पुस २६ गते आइतबारका दिन राती १२ः०० बजेदेखि अन्त्य गरेको छु’, राष्ट्रपति कार्यालले जारी गरेको सूचनामा भनिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही बमोजिम राष्ट्रपतिले अन्त्य गरेकी हुन् ।

यसअघि राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । जसपश्चात अधिवेशन अन्त्य गरिएको हो ।

वि.सं.२०७७ पुस २६ आइतवार १५:१३ मा प्रकाशित

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...