back
CTIZAN AD

आज पाँच स्थानीय तहमा सार्वजनिक बिदा

वि.सं.२०७७ पुस २७ सोमवार

867 

shares

२७ पौष, गोरखा । दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँच वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।

आधुनिक नेपाल एकीकरणका नायक तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणि न्यौपाने, भीमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापा, अजिरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवाली र पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत तेजराज शर्माले सूचना प्रकाशन गरी सार्वजनिक बिदाको जानकारी गराएका हुन् ।

पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा एक दिन सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ । सार्वजनिक बिदाका दिन ती पालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालयलगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाइएको छ । गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यवतीका जेठा छोराका रूपमा विसं १७७१ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहाले टुक्रिएर रहेका बाइसे चौबिसे राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेको इतिहासमा उल्लेख छ ।

पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा आजै गोरखा नगरपालिकाको आयोजना तथा गोरखा युथ क्लबको संयोजनमा द्रव्यशाह चौतारा हुँदै ठूलो आँगन, अस्पताल चोक, हरमटारी, पुरानो बसपार्क हुँदै गोरखा दरबारसम्म खुल्ला दौड प्रतियोगिताको आयोजना गरिएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्तले जानकारी दिए ।

त्यस्तै आजै सदरमुकामको खेलकूद मैदानदेखि हरमटारी हुँदै गोरखा सङ्ग्रहालयम्म विभिन्न जातजातिको झाँकी प्रस्तुत प्रदर्शन गरिने, पत्रकार महासङ्घ गोरखाको आयोजनामा पृथ्वीनारायण शाहको शालिक परिसरमा दीप प्रज्वलन, राप्रपा गोरखाको आयोजनामा पृथ्वी जयन्ती समारोहको आयोजना गरिएको छ । रासस

वि.सं.२०७७ पुस २७ सोमवार ११:३३ मा प्रकाशित

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको...

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

म्याग्दी । बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...